आइतबार, कार्तिक १६ गते २०८३
images
images

राष्ट्र बैंकले २० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने

एक्सप्रेस पाना
पौष १८, २०७९ सोमबार
  • 274
    SHARES
  • राष्ट्र बैंकले २० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने

    नेपाल राष्ट्र बैंकले २० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिन, ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो। 

    images

    मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो २ बजे बोलकबोल हुनेछ। केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्बरुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो। यो ट्रेजरी माघ १७ गते परिपक्व हुनेछ। 

    केन्द्रीय बैंकले ९१ दिनको लागि ७ अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो। यो ट्रेजरी चैत २१ गते परिपक्व हुनेछ। १ वर्षको लागि ७ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो। यो ट्रेजरी २०८० पुस १७ गते परिपक्व हुनेछ। 
     
    ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ। 

    images

    भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ। व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ।यसमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन्।

  • सम्बन्धित विषय:

  • # बैंक