बुधबार, भाद्र २४ गते २०८३
images

राष्ट्र बैंकले ६ विकास बैंक र ४ फाइनान्स कम्पनीहरुलाई गर्‍यो कारबाही

एक्सप्रेस पाना
माघ ४, २०७९ बुधबार
  • 263
    SHARES
  • राष्ट्र बैंकले ६ विकास बैंक र ४ फाइनान्स कम्पनीहरुलाई  गर्‍यो कारबाही

    नेपाल राष्ट्र बैंकले ६ विकास बैंक र ४ फाइनान्स कम्पनीहरुलाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तोकिएको मापदण्ड पूरा नगरेका यी १० कम्पनीलाई नियामक राष्ट्र बैंकले कारबाहीस्वरुप जरिवाना तिराएको हो । 

    images

    कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट र सप्तकोसी विकास बैंकलाई तोकिएको कर्जा निक्षेप अनुपात कायम नगर्दा कारबाहीस्वरुप जरिवाना गरिएको राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

    राष्ट्र बैंकले कर्णालीलाई अनिवार्य मौज्दातमा दुईपटक र विपन्न वर्ग कर्जामा एकपटक कारबाही गरेको छ। जसअनुसार अनिवार्य मौज्दातमा कर्णालीलाई पहिलोपटक ७०६.६२ रुपैयाँ र दोस्रोपटक ३२ हजार ६९६.०२ रुपैयाँ तथा विपन्न वर्ग कर्जामा १ लाख ५२ हजार ९२९.८८ रुपैयाँ जारिवाना गरिएको छ । 

    images

    अनिवार्य मौज्दातमै सालपाले ३५३.९० रुपैयाँ जरिवाना तिरेको छ । 

    उता कर्पोरेट, सिन्धु, नारायणी र सप्तकोशीले कर्जा निक्षेप अनुपातमा साउनमा पहिलोपटक र भदौमा दोस्रोपटक जरिवाना तिरेका छन् । कर्जा निक्षेप अनुपातमा कर्पोरेटले साउनमा २० लाख १३ हजार ३.३५ रुपैयाँ र भदौमा २३ लाख १४ हजार ४९३.७२ रुपैयाँ जरिवाना तिरेको छ । 

    कर्जा निक्षेप अनुपातमा सिन्धुलीले साउनमा १ लाख २६ हजार ३८४.५७ रुपैयाँ र भदौमा १६ लाख ९९ हजार १५१.३७ रुपैयाँ जरिवाना तिरेको छ । यही शीर्षकमा नारायणीले साउनमा ४ लाख ६३ हजार ७९४.१७ रुपैयाँ र भदौमा ५ लाख १६ हजार ३०७.९८ तथा सप्तकोशीले साउनमा २१ लाख ८० हजार ६६.१९ रुपैयाँ र भदौ २८ लाख ९७ हजार ३५४.६१ रुपैयाँ जरिवाना राष्ट्र बैंकलाई तिरेका छन् । 

    त्यस्तै फाइनान्स कम्पनीहरुमा नेपाल, जानाकी र समृद्धिलाई तोकिएको कर्जा निक्षेप अनुपात कायम नगर्दा जरिवाना गराइएको छ । प्रोग्रेसिभ फाइनान्सलाई भने अनिवार्य मौज्दात अनुपात कायम नगर्दा जरिवाना गराइएको छ ।

  • सम्बन्धित विषय:

  • # बैंक