बुधबार, भाद्र २४ गते २०८३
images

कालिञ्चोक दर्शनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एक्सप्रेस पाना
माघ ६, २०७९ शुक्रबार
  • 268
    SHARES
  • कालिञ्चोक दर्शनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    कालिञ्चोक दर्शन लिमिटेडको १० लाख ८० हजार कित्ता आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । आज बैंकिङ्ग समयसम्म उक्त आईपीओमा आवेदन दिन पाउने छन् ।

    images

    कम्पनीले माघ ३ गतेदेखि प्रति कित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा १० करोड ८० लाख रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको हो ।

    कम्पनीले जारी गरेको आईपीओमध्ये ५ प्रतिशतले हुन आउने ५४ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । भने, बाँकी ८ लाख ९६ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    images

    यस आईपीओमा बिक्री प्रबन्धकको काम नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ। यस आईपीओमा लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् ।

    यसमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

  • सम्बन्धित विषय:

  • # IPO