बुधबार, भाद्र २४ गते २०८३
images

ब्याजदर घटाउँदै एनआइसी एशिया बैंक

एक्सप्रेस पाना
माघ ६, २०७९ शुक्रबार
  • 284
    SHARES
  • ब्याजदर घटाउँदै एनआइसी एशिया बैंक

    चर्को आलोचनापछि एनआइसी एशिया बैंक लिमिटेडले ब्याजदर परिमार्जन गरेको छ । बैंकले माघ महिनाको लागि ब्याजदर सार्वजनिक गर्दा चर्को आलोचना आएपछि ब्याजदर परिर्वतन गरेको हो ।

    images

    बैंकले व्यक्तिगत मुद्दतीअन्तर्गतको खाताहरुको ब्याजदर घटाएको हो । एनआइसी एशिया बैंकले सर्वश्रेष्ठ मुद्दती खाताको ब्याजदर ११ प्रतिशत कायम गरेको छ ।यसअघि बैंकले सार्वजनिक गरेको व्याजदरअनुसार बैंकले उक्त खातामा ११.४२ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

    साथै बैंकले मासिक निक्षेप खाताको पनि ११ प्रतिशत ब्याजदर कायम गरेको छ ।यसअघि बैंकले सो खातामा पनि ११.४२ प्रतिशत ब्याजदर नै निर्धारण गरि ब्याजदर सार्वजनिक गरेको थियो । साथै बैंकले सर्वश्रेष्ठ रेमिट्यान्स मुद्दती निक्षेपको ब्याजदर पनि १२.४२ प्रतिशतबाट परिमार्जन गरी १२ प्रतिशत कायम गरेको छ ।

    images

    साथै तीन महिनादेखि ५ वर्षसम्म अवधिको लागि व्यक्तिगततर्फ ११ प्रतिशत र संस्थागततर्फ ९ प्रतिशत ब्याजदर कायम गरेको छ । यसअघि बैंकले यसै खाता अन्तर्गत व्यक्तिगतमा ११.४२ र संस्थागततर्फ ९.४२ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

    नेपाल बैंकर्स संघले माघ महिनाका लागि सबै खालका खाताहरुमा १.१३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेसँगै सबै बैंकहरुले ब्याजदर घटाएर सार्वजनिक गरेका थिए । एनआइसी एशिया बैंकले मुद्दती निक्षेप अन्तर्गतको ब्याजदर तोकिएको प्रतिशत कायम नगर्दा चौतर्फी आलोचना भएको थियो ।

  • सम्बन्धित विषय:

  • # बैंक