बुधबार, भाद्र २४ गते २०८३
images

स्ट्याण्डर्ड चार्टर्ड बैंककाे ऋणपत्र माघ २६ गतेबाट खुल्ने

एक्सप्रेस पाना
माघ १८, २०७९ बुधबार
  • 312
    SHARES
  • स्ट्याण्डर्ड चार्टर्ड बैंककाे ऋणपत्र माघ २६ गतेबाट खुल्ने

    स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले माघ २६ गते, बिहीबारबाट ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता ऋणपत्र बिक्री गर्नेछ ।

    images

    जसमध्ये १४ लाख ४० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ९ लाख ६० हजार कित्ता सर्वसाधारणका लागि खुल्ला हुनेछ । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याइएको छ । सामूहिक लागानी कोषहरुले कुल ४८ हजार इकाइ पाउनेछन् । बाँकी ९ लाख १२ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

    यस ऋणपत्रमा वार्षिक १०.३० प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाइदेखि अधिकतम २ लाख ५० हजार इकाइसम्म आवेदन दिन सकिनेछ । 

    images

    त्यसैगरी, बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । ऋणपत्रमा छिटोमा फागुन १ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलो फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ ।

  • सम्बन्धित विषय:

  • # बैंक