बुधबार, भाद्र २४ गते २०८३
images

चैतसम्म सरकारले ८८ अर्ब आन्तरिक ऋण उठाउँदै

एक्सप्रेस पाना
माघ २४, २०७९ मंगलबार
  • 231
    SHARES
  • चैतसम्म सरकारले ८८ अर्ब आन्तरिक ऋण उठाउँदै

    सरकारले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (माघदेखि  चैतसम्म)मा ८८ अर्ब रुपैयाँ आन्तरिक उठाउने भएको छ । यसका लागि राष्ट्र बैंकले आन्तरिक ऋणको तालिका सार्वजनिक गरेको छ । दोस्रो त्रैमासमा ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको सरकारले तेस्रो त्रैमासमा थप ८८ अर्ब रुपैयाँ उठाउन लागेको हो ।

    images

    सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ । उक्त लक्ष्यलाई तीन चरणमा गरेर उठाउन लागेको हो । सरकारले आर्थिक वर्षको पहिलो त्रैमासमा आन्तरिक ऋण उठाएको थिएन ।

    दोस्रो त्रैमासबाट मात्र आन्तरिक ऋण उठाउन लागेको हो । जसअनुसार चौथो त्रैमासमा सरकारले १ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना राखेको छ ।

    images

    तेस्रो त्रैमासमा ट्रजरी विलमार्फत् ६० अर्ब, विकास ऋणपत्र मार्फत् २५ अर्ब, नागरिक बचतपत्र मार्फत २ अर्ब ५० करोड र वैदेशिक रोजगार बचतपत्र मार्फत ५० करोड गरेर कुल ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागिएको हो । जसमध्ये ट्रेजरी विल र विकास ऋणपत्रको ब्याजदर बोलकबोलका आधारमा तय हुने राष्ट्र बैंकले बताएको छ ।

  • सम्बन्धित विषय:

  • # बैंक