बुधबार, भाद्र २४ गते २०८३
images

नेपाल राष्ट्र बैंकले आज ३० अर्बको रिपो जारी गर्दै

एक्सप्रेस पाना
फाल्गुण ३, २०७९ बुधबार
  • 279
    SHARES
  • नेपाल राष्ट्र बैंकले आज ३० अर्बको रिपो जारी गर्दै

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज ३० अर्बको रिपो जारी गर्दैछ । बैकिङ प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन राष्ट्र बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो ।

    images

    वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले आउँदो फागुन १७ गते परिपक्व हुने यो रिपो आज (बुधबार) दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् । वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् । यो रिपो फागुन १७ गते परिपक्व हुनेछ ।

    बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण “रिपो” हो । यस उपकरणको निष्कासन बोलकबोलमार्फत हुन्छ ।

    images

    तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी र स्थायी तरलता सुविधा प्रयोग गर्दछन् ।

  • सम्बन्धित विषय:

  • # बैंक