बुधबार, भाद्र २४ गते २०८३
images

आत्मनिर्भर लघुवित्तको आइपीओ बाँडफाँट, ८ जना भाग्यमानीले पाए ११ कित्ता सेयर

एक्सप्रेस पाना
फाल्गुण १०, २०७९ बुधबार
  • 307
    SHARES
  • आत्मनिर्भर लघुवित्तको आइपीओ बाँडफाँट, ८ जना भाग्यमानीले पाए ११ कित्ता सेयर

    आत्मनिर्भर लघुवित्त कम्पनीको आइपिओ सोमबार बाँडफाँट भएको छ । कम्पनीले २० हजार ३३८ कित्ता सेयर बाँडफाँट गरेको हो । 

    images

    जसमध्ये २ हजार ३३ जना आवेदकले १० कित्ता आइपिओ पाएका छन् भने भाग्यमानी ८ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन् ।

    कम्पनीले माघ १६ गतेबाट फागुन २ गतेसम्म उक्त आइपिओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि बिक्री गरेको हो ।

    images

    कम्पनीले जारी पुँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशत अर्थात् २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २ लाख ३ हजार ३८० कित्ता साधारण सेयर निष्कासन गरेको थियो । 

    सोमध्ये २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गर्न लागेको हो भने ३ हजार ११७ कित्ता सेयर कर्मचारीहरू तथा १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको कम्पनीले बताएको छ ।

    कम्पनीको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।

  • सम्बन्धित विषय:

  • # IPO