बुधबार, भाद्र २४ गते २०८३
images

मेन्छियाम हाइड्रोपावरको आइपिओ खुल्यो, कसले दिन पाउँछन् आवेदन?

एक्सप्रेस पाना
फाल्गुण १०, २०७९ बुधबार
  • 237
    SHARES
  • मेन्छियाम हाइड्रोपावरको आइपिओ खुल्यो, कसले दिन पाउँछन् आवेदन?

    मेन्छियाम हाइड्रोपावरको आइपिओ आज (बुधबार) देखि निष्कासन तथा बिक्री खुला गरेको छ।

    images

    कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो।

    कम्पनीले जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ५ लाख ४२ हजार ५८३ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो। 

    images

    सो मध्ये अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला साविक सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका बासिन्दाहरूका लागि २ लाख ७१ हजार २९२ कित्ता सेयर र बाँकी २ लाख ७१ हजार २९१ कित्ता सेयर सो बाहेकका क्षत्रमा रहेका संखुवासभा जिल्लाका बासिन्दाहरूको लागि वितरण गर्न लागेको कम्पनीले बताएको छ। 

    यस्तै, सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याएको सेयरको १० प्रतिशत अथौत् १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँ बराबरको १ लाख ८ हजार ५१७ कित्ता आइपिओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि लागि निष्कासन गरेको हो।

    दुवै समूहका लगानीकर्ताले न्यूनतममा १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ।

    उक्त आइपिओमा फागुन २५ गतेसम्म आवेदन दिन सकिन्छ। सो अवधिसम्म आइपिओमा पूर्ण आवेदन नपरेमा आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले भने चैत ९ गतेसम्म आवेदन दिन सक्नेछन्।

    कम्पनीलाई केयर रेटिङ नेपालले 'केयर एनपी डबल बी इस्युअर' रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।

    कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ। 

    स्थानीय बासिन्दाले आयोजनाको कार्यालय, मादी नगरपालिका वडा नं. ७, वागा, चैनपुर नगरपालिका वडा नं. ३, तिनखोप्रे रेडक्रस भवनका साथै एनआइसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। 

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

  • सम्बन्धित विषय:

  • # IPO