बुधबार, भाद्र २४ गते २०८३
images

नबिल बैंकको सबैले किन्न पाउने ३ लाख कित्ता सेयर बिक्रिमा

एक्सप्रेस पाना
फाल्गुण १०, २०७९ बुधबार
  • 299
    SHARES
  • नबिल बैंकको सबैले किन्न पाउने ३ लाख कित्ता सेयर बिक्रिमा

    नबिल बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।  

    images

    बैंकले उक्त सेयरको मूल्य प्रतिकित्ता न्युनतम ४७५ रुपैयाँ तोकिएको छ । इच्छुक आवेदकले न्युनतम ४७५ रुपैयाँ वा त्यो भन्दा बढिमा आवेदन दिन सक्नेछन् ।

    बैंकले संस्थाले यसअघि एक सूचना प्रकाशन गर्दै संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो ।

    images

    उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले १५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर निवेदन दिन आग्रह गरेको हो ।

    बैंकले प्रकाशन गरेको सूचनाः

    63f565a6935bf.jpg

  • सम्बन्धित विषय:

  • # बैंक