बुधबार, भाद्र २४ गते २०८३
images

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु

एक्सप्रेस पाना
फाल्गुण १२, २०७९ शुक्रबार
  • 225
    SHARES
  • हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु

    हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेसँगै एकीकृत कारोबार सुरु भएको छ । शुक्रबार मर्जर कार्यक्रममा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ अशोक राणाले नौं महिनाको लामो छलफलपछि हिमालयन र सिभिल बैंक मर्जरमा जान सफल भएको बताए ।

    images

    दुवै बैंकका लागि यो मर्जर ऐतिहासिक भएको बताए । अहिले अवस्थामा ठूला बैंक आवश्यक ठानेर मर्ज भएको बताए । एकीकृत भएसँगै बैंकको शाखा १८९ र २० वटा एकस्टेन्सन काउन्टर हुने छ भने कर्मचारी १९७३ जना हुनेछन् । हिमालयन बैंकले सिभिललाई १००:८०.२८ अनुपातमा प्राप्ति गरेको हो । मर्जरसँगै सिभिल बैंकको १०० कित्ता सेयर हुनेको हिमालयन बैंकमा ८०.२८ कित्ता सेयर हुनेछ ।

    एकीकृत कारोबार भएसगै बैंकको कुल पुँजी ३४ अर्ब, कुल निक्षेप २ खर्ब ७४ अर्ब, कुल कर्जा २ खर्ब ५० अर्ब पुग्ने छ ।

    images

  • सम्बन्धित विषय:

  • # बैंक