सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डद्वारा विकास हाइड्रोपावरको उद्घाटन

एक्सप्रेस पाना
फाल्गुण १७, २०७९ बुधबार
  • 211
    SHARES
  • प्रधानमन्त्री प्रचण्डद्वारा विकास हाइड्रोपावरको उद्घाटन

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विकास हाइड्रोपावरको लिमिटेडको समुद्घाटन गरेका छन् ।

    images

    प्रधानमन्त्री दाहालले सोमबार बालुवाटारबाट भर्चुअल रूपमा विद्युत् उत्पादनको उद्घाटन गरेका हुन् ।

    गोरखाको धार्चे गाउँपालिकामा रहेको हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित ४.५५ मेगावाटको माथिल्लो माछाखोला जलविद्युत् आयोजनाको उत्पादन सुरु भएको छ । जिल्लाको उत्तरी भूभागमा पर्ने धार्चे गाउँपालिकामा रहेको बुढीगण्डकी नदीको सहायक नदी माछा खोलामा करिब १ अर्ब लगानीमा निर्माण सम्पन्न भएको यस आयोजनामा ३५ प्रतिशत लगानी संस्थापकहरूको छ भने राष्ट्रिय बाणिज्य बैंकको ६५ प्रतिशत ऋण लगानी छ । 

    images

    आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग गरेको विद्युत् खरिद बिक्री सम्झौता अनुसार २०८० साल असार ३० गते विद्युत् उत्पादन गर्ने लक्ष्य रहे पनि सो मितिभन्दा ४ महिना अगावै सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी उत्पादन सुरु भएको हो ।

    भर्चुअल उद्घाटन कार्यक्रममा गोर्खा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईंले गोरखाका विविध समस्याको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउँदै १३२ केभीएको ट्रान्समिसन लाइन निर्माण तत्कालै गर्नुपर्ने बताए ।