मंगलबार, भाद्र २३ गते २०८३
images

नेपाल राष्ट्र बैंकले अवकाश कोषको २४ करोड ब्याजमा लगानी गर्ने

एक्सप्रेस पाना
फाल्गुण १८, २०७९ बिहीबार
  • 242
    SHARES
  • नेपाल राष्ट्र बैंकले अवकाश कोषको २४ करोड ब्याजमा लगानी गर्ने

    काठमाडौं । बैंक नेपाल राष्ट्रले अवकाश कोष अन्तर्गत रहेको कर्मचारी सुरक्षण कोषको २४ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले उक्त रकम निक्षेपको रुपमा एक वर्षका लागि क, ख र ग वर्गका बैंकहरुमा राख्न चाहेको हो । बैंकको सूचना अनुसार क वर्गको वाणिज्य बैंकमा १९ करोड १० लाख रुपैयाँ राखिनेछ भने ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाहरुमा क्रमशः ३ करोड ६० लाख रुपैयाँ र १ करोड २० लाख रुपैयाँ निक्षेप राखिनेछ । 

    images

    २०७९ चैत १ गतेदेखि राखिने निक्षेप २०८० चैत १ गते (कूल ३६६ दिन) परिपक्क हुनेछ । इच्छुक क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले चाहेको निक्षेपका लागि फागुन १७ गतेदेखि फागुन १९ गते बेलुका ७ बजेसम्म ब्याजदरसहित चाहेको रकम प्रस्ताव गर्न बैंकले आह्वान गरेको छ । 

    तर, यस्तो निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाहरुले संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पूरा गरेको, न्यूनतम पुँजीकोष अनुपात कायम गरेको र कुल कर्जा सापटीको ५ प्रतिशत खराब कर्जा (एनपीएल) नकटेको हुनुपर्ने केन्द्रीय बैंकले सर्त राखेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # बैंक