आइतबार, कार्तिक १६ गते २०८३
images
images

मध्य ग्रीकमा रेल दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ५७ पुग्यो

एक्सप्रेस पाना
फाल्गुण १९, २०७९ शुक्रबार
  • 328
    SHARES
  • मध्य ग्रीकमा रेल दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ५७ पुग्यो

    मध्य ग्रीकमा गत मङ्गलबार राति भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको छ । 

    images

    ग्रीकमा दुई रेल एकआपसमा ठोक्किएर भएको सो दुर्घटनामा परेर ज्यान जानेको सङ्ख्या ५७ पुगेको बिहीबार यहाँका अधिकारीहरुले जानकारी दिएका हुन् ।

    उनीहरूले सो दुर्घटनाका घाइतेहरूमध्ये बिहीबारसम्म थप केहीको मृत्यु भएको बताएका थिए । उक्त घटनामा यसअघि नै ३६ जनाको मृत्यु भएको बताइएको थियो ।

    images

    ती घाइते भएकाहरूमध्ये ६६ जना अस्पतालमा भर्ना भएका थिए । अस्पताल भर्ना भएका गम्भीर अवस्थामा रहेका थपको निधन भएपछि यसबाट ज्यान जानेको सङ्ख्या ५७ पुगेको अधिकारीहरूले बिहीबार जानकारी दिएका हुन् ।

    बिहीबार पनि सो दुर्घटनाका बारेमा जानकारी दिइएको थियो । त्यस क्रममा ग्रीकको अग्नि नियन्त्रक सेवाका अधिकारीले पत्रकार सम्मेलनमा यहाँको अग्नि नियन्त्रक सेवाका युनिटहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी र उद्धार कार्य गरेको जानकारी दिए ।  

    मध्य ग्रीकको टेम्पी नगरपालिकामा मङ्गलबार मध्यरातमा मालवाहक रेलमा ठोक्किएर दुर्घटना भएको यात्रुवाहक रेल ठक्करपछि रेलको अघिल्लो भाग आगोको लप्कामा फसेको थियो ।

    यहाँको रेल सेवाका अधिकारीले दिएको जानकारीअनुसार उक्त यात्रुवाहक रेलमा तीन सय ४६ जना यात्रु सवार थिए । दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको ग्रीक प्रहरीले जनाएको छ ।

    ग्रीक प्रहरीका प्रवक्ताले अझै पनि सो दुर्घटनामा परेका ४८ जना घाइते अस्पतालमा रहेका छन् । ती घाइतेमध्ये छ जना गम्भीर अवस्थामा रहेका र उनीहरूको आइसियुमा उपचार भइरहेको छ ।

    यहाँको अग्नि नियन्त्रक सेवाले शुक्रवारसम्ममा घाइतेको खोजी र सम्पूर्ण उद्धारको काम सक्ने अनुमान गरिएको छ । रासस÷सिन्ह्वा