बुधबार, भाद्र २४ गते २०८३
images

एनआईसी एशिया लघुवित्तले २५ करोड ६५ लाख लाभांश वितरण गर्ने

एक्सप्रेस पाना
फाल्गुण २३, २०७९ मंगलबार
  • 268
    SHARES
  • एनआईसी एशिया लघुवित्तले २५ करोड ६५ लाख लाभांश वितरण गर्ने

    एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले २५ करोड ६५ लाख ६७ हजार चार सय रुपैयाँ लाभांश वितरण गर्ने भएको छ।

    images

    आइतबार बसेको संस्थाको सञ्चालक समितिको १६८औं बैठकबाट सो निर्ण गरिएको हो। 

    संस्थाका सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८/७९ को संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी एक अर्ब ७३ करोड ९४ लाख ४० हजारको १४.७५ प्रतिशत अर्थात रु. २५ करोड ६५ लाख ६७ हजार चार सय बराबरको नगद लाभांश (कर प्रयोजन सहित) नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भई वित्तीय संस्थाको आगामी पाँचौ वार्षिक साधारण सभाबाट पारित भए पश्चात् लागू हुने गरी वितरण गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।

    images

    सो लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापना भएको पाँच वर्ष पूरा गरे सँगै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको दाबी गरेको छ। 

    यो वित्तीय संस्था मुलुकभर ७४ जिल्लामा २८७ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

    यस वित्तीय संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानिय तहहरुलाई प्राथमिकतामा राखेको छ। यस आव २०७९/८० को दोस्रो त्रयमासको अन्त्य सम्ममा वित्तीय संस्थाले कुल २,०३,८६२ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ।

  • सम्बन्धित विषय:

  • # NIC ASIA