मंगलबार, भाद्र २३ गते २०८३
images

राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिटबीच सम्झौता

एक्सप्रेस पाना
फाल्गुण २८, २०७९ आइतबार
  • 314
    SHARES
  • राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिटबीच सम्झौता

    काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेशनल प्रालिबीच वैदेशिक रेमिट्रयान्स बैंकिङ्ग च्यानल मार्फत भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

    images

    सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गरेका छन् । 

    सम्झौता पश्चात् नेपाल रेमिट मार्फत विश्वका विभिन्न स्थानहरूबाट बैंकिङ्ग च्यानल मार्फत पठाएको रकम नेपालमा रहेका सम्बन्धित व्यक्तिलाई बैंकको शाखा कार्यालयहरू मार्फत नियमानुसार सहज रूपमा भुक्तानी हुनेछ । यसले नेपालमा वैदेशिक मुद्रा आर्जन गर्न थप सघाउ पुग्ने विश्वास गरिएको छ ।

    images

    उक्त सम्झौता कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी, उपकार्यकारी अधिकृत दुर्गा कँडेल, भुक्तानी तथा फर्स्यौट विभागका विभागीय प्रमुख ऋषिराम ढकाल, नेपाल रेमिटका नायब महाप्रबन्धक देवबहादुर थापाको उपस्थिति रहेको थियो । 

    बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवाहरू सञ्चालनमा छन् ।

  • सम्बन्धित विषय:

  • # बैंक