बुधबार, भाद्र २४ गते २०८३
images

आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट, भाग्यसाली ५ जनालाई ११ कित्ता सेयर

एक्सप्रेस पाना
फाल्गुण २८, २०७९ आइतबार
  • 302
    SHARES
  • आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट, भाग्यसाली ५ जनालाई ११ कित्ता सेयर

    काठमाडौं । आत्मनिर्भर लघुवित्तले सर्वसाधारणका लागि जारी गरेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ ।

    images

    आईपीओ निष्कासनका लागि नियुक्त गरेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले आइतबार आईपीओ बाँडफाँट गरेको हो ।

    लघुवित्तले सर्वसाधारणका लागि ११ फागुनदेखि १५ फागुनसम्म प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ६९ हजार ७६५ कित्ता साधारण सेयर निष्कासन गरेको थियो। उक्त आईपीओमा कुल १५ लाख ३८ हजार ४६६ जनाले आवेदन दिएकोमा १५ लाख ३६ हजार २६३ आवेदन स्वीकृत भएको छ भने २ हजार २०३ आवेदन रद्द भएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।

    images

    मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताका दरले लघुवित्तको आईपीओ बाँडफाँट गर्दा १६ हजार ९७६ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । जसमध्ये ५ जनाले भने थप १ कित्ता अर्थात् कुल ११ कित्ता सेयर प्राप्त गरेका छन्।

  • सम्बन्धित विषय:

  • # IPO