मंगलबार, भाद्र २३ गते २०८३
images

रिपो मार्फत १५ अर्ब तरलता पठाउँदै नेपाल राष्ट्र बैङ्क

एक्सप्रेस पाना
चैत्र २, २०७९ बिहीबार
  • 274
    SHARES
  • रिपो मार्फत १५ अर्ब तरलता पठाउँदै नेपाल राष्ट्र बैङ्क

    काठमाडौँ । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको तरलता कमी भएपछि नेपाल राष्ट्र बैङ्कले १५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउने भएको छ ।

    images

    केन्द्रीय बैङ्कले रिपो मार्फत १५ अर्ब रुपैयाँ तरलता १४ दिनका लागि बैंकिङ प्रणालीमा पठाउन लागेको हो । यसअघि १८ फागुनमा १४ दिनको लागि २० अर्ब रुपैयाँ रिपो मार्फत बैंकिङ प्रणालीमा तरलता पठाएको उक्त रिपोको अवधि सकिएसँगै पुन १५ अर्बको रिपो जारी गर्न लागेको हो ।

    हाल राष्ट्र बैङ्कले बैंकहरुलाई ७ प्रतिशत ब्याजदरमा ओभरनाइट तरलता सुविधा उपलब्ध गराउँदै आएको छ । अन्तर बैंक ब्याजदर पनि ७ प्रतिशत नै छ । जसले गर्दा बैंकिङ प्रणालीमा साधारण तरलताको कमी रहेको देखाउँछ । सोही कारण रिपो मार्फत केन्द्रीय बैङ्कले बैंकिङ प्रणालीमा तरलता पठाउन लागेको हो ।

    images

  • सम्बन्धित विषय:

  • # बैंक