सिद्धार्थ बैंकको १ लाख १४ हजार ८१३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले दुई जना संस्थापक सेयरधनी विनोदकुमार खेतान र सुधा अग्रवालको नाममा रहेको सेयर बिक्री ल्याएको हो ।
संस्थापक सेयरधनी विनोदकुमार खेतानको नाममा रहेको १ लाख ४ हजार ८१३ कित्ता र सुधा अग्रवालको नाममा रहेको १० हजार कित्ता सेयर रहेका छन् ।
यस सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाडौँको हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयस्थित कम्पनी सचिवको कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्याको व्यहोरा खुलाई लिखित आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
तोकिएको म्यादभित्र संस्थापक सेयर धनीहरुबाट खरिद आवेदन पेस नभएमा अन्य सर्वसाधारण तथा संस्थालाई बिक्री खुलाइने बैंकले जनाएको छ ।


