सोमबार, भाद्र २९ गते २०८३
images

सुनचाँदीको मूल्यमा गिरावट , यस्तो छ आजको बजार भाउ

एक्सप्रेस पाना
भाद्र २७, २०७८ आइतबार
  • 232
    SHARES
  • सुनचाँदीको मूल्यमा गिरावट , यस्तो छ आजको बजार भाउ

    भदौ २७ काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन तोलामा ४०० रुपैयाँले र चाँदी २० रुपैयाँले घटेको हो । 

    images

    महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य समेत तोलामा ४०० रुपैयाँले नै घटेर आइतबार ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै यता चाँदी एक हजार १९५ रुपैयाँमा कारेबार भइरहेको छ ।