बुधबार, भाद्र २४ गते २०८३
images

दुई करोड नेपालीले चलाउँछन् फोरजी इन्टरनेट

एक्सप्रेस पाना
बैशाख २६, २०८० मंगलबार
  • 241
    SHARES
  • दुई करोड नेपालीले चलाउँछन् फोरजी इन्टरनेट

    नेपालमा चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) सेवा लिने ग्राहकको संख्या करिब २ करोड पुगेको छ। फोरजी सुरु भएको ६ वर्षमा फोरजी प्रयोगकर्ताको संख्या १ करोड ९२ लाख पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांकअनुसार थ्रिजी चलाउनेको संख्या भने घटेको छ । 

    images

    १ वर्षअघिसम्म थ्रिजी प्रयोगकर्ता १ करोड ९ लाख रहेकोमा त्यो घटेर ८१ लाखमा सीमित भएको छ । अघिल्लो वर्षसम्म फोरजीका प्रयोगकर्ता १ करोड ७६ लाख थिए । सरकारी स्वामित्वको नेपाल टेलिकम तथा निजी दूरसञ्चार सेवा प्रदायक एनसेल र स्मार्ट टेलिकमले फोरजी इन्टरनेट सेवा दिंदै आएका छन् । 

    फोरजी नेपालमा २०१७ जनवरीबाट प्रयोगमा आएको थियो । हाल सबै जिल्लामा फोरजीको पहुँच पुगेको दूरसञ्चार प्राधिकरणले जनाएको छ । नेपाल टेलिकमले अहिले विभिन्न शहरमा फाइभजी परीक्षण गरिरहेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # NTC