शुक्रबार, भाद्र २६ गते २०८३
images

गरे जे पनि काम छ यहाँ !

एक्सप्रेस पाना
जेठ १, २०८० सोमबार
  • 831
    SHARES
  • गरे जे पनि काम छ यहाँ !

    अर्जुन मोहन भट्टराई

    images

    “काम गरौ देशमा गतिलो कामै छैन, विदेश जाउँ मेनपावरलाई बुझाउने पैसा छैन, देशमा बस्न पटक्कै मन छैन, ठूलो काम जादिन्न,सानो काम आफूलाई गर्न लाज लाग्छ,“यो भनाई आम बेरोजगार, अर्ध शिक्षित वेरोजगार युवाहरुको हो जसमा तपाई हाम्रा सन्तान, इष्टमित्र, आफन्त,नातेदार, छिमेकी पनि पर्छन उनिहरुको उछितो काढ्न जरुरी छैन यो कटु सत्य हो बरु विवेचना, समिक्षा गरेर उनिहरुलाई सान्त्वना दिन आवश्यक छ ।

    कस्तो कामलाई काम भन्ने, कामको खास परिभाषा के हो रु अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार १५ वर्ष माथीको व्यक्तिले ज्याला वा नाफा हप्ताको १ घन्टा बराबरको पाउछ जसमा बिदा समेत दिइएको हुन्छ । यो परिभाषा अमुर्त खालको छ । कामको बारेमा विश्व विख्यात व्यक्तिहरुको धारण अलग छ । अवसर त्यसै आउदैन आफैले बनाउने हो, कुनै पनि काममा रमाउन सकियो भने त्यो काम सबोत्कृष्ट हुनेछ भन्ने एरिष्टोटलको भनाई गहन छ ।

    images

    काम काम नै हो यो जिउनका लागि गरिने कुरा न हो जसमा हामी खुसीलाई जोड्न सक्दैनौ हामी बाच्ँनका लागि काम गर्ने हो । काम गर्नका लागि बाँचेको पक्कै होइन तसर्थ जे कुरा तथा काम मा हामीलाई खुसी मिल्छ त्यो काम हामीले गर्नुपर्छ यो भनाई गहन छ सत्य छ र हरेक काम गर्ने मानीसका लागि प्रेरणादायी छ । गास, बास, कपास, स्वदेशमै रोजगारी आदि भन्दै चुनाव जित्नेहरु शहर पस्छन् अनि कमाउ धन्दामा लाग्छन् । 

    बिचरा मतदाताहरु जगिरको आशमा राजधानी आउछन अनि दिनभर रत्नपार्क तथा टुडिखेलको चौरमा बसेर बदाम खाएर दिन बित्छ । अरुको आशमा शहरमा भौतारिनेको कमि छैन यहाँ आशाको त्यान्द्रो बोकेर बेरोजगार हिडिरहेका छन् । उनिहरुलाई भेटेर सुझाएर काम देखाई दिनका लागि न घरेलु तथा साना उद्योग बिकास समिति न युवा परिषद, रोजगार प्रर्वद्धन बिभाग, उद्योग मन्त्रालय, श्रम मन्त्रालय श्रम बिभाग, न त उद्यमशिलताका गोष्टि, सम्मेलन, कार्यक्रम, सेमिनार र कार्यशाला गर्ने निकायहरु उनिहरको पहुचमा छन् कि त लोकेन्द्र बिष्ट जस्तो हुनु पर्यो जोश जाँगर भएको सबैमा त्यो हुदैन । 

    सबै निकायहरु केवल जागिर खान रजागिर खुवाउन वा मन्त्रि पद पुर्याउन खुलेका हुन भन्दा अन्यथा हुदैन । हाम्रा घर परिवारमा चलेका कामको बारेमा गरिएका भनाई उखान कहावतहरु सुन्दा वास्तबिक लाग्छ । “जागिर नखादाँ डबल घाटा, एक जागिरको कमाई नहुने अर्को बेरोजगार भएपछि फुर्सदिलो भएपछि खर्च बढि, सानो काममा आँखै लाग्दैन ठूलो काम शाहले पत्याउन्न । सोर्स र्फोस नभई काम पाइन्न, बरु बिहे गर्न केटि भेटिएला जागिर भेटिन्न, सानो काम मन लाग्दैन ठूलो काम पाइन्न, भारी बोक्न सकिन्न दिमागले गर्ने काम गर्न दिमाग छैन के गर्ने बेरोजगार बस्न परेकोछ “। बाउले पढ भन्दा पढिएन अहिले जागिर खान योग्यता छैन। काम गर्न पाखुरामा ताकत छैन यसै बस्नु परेकोछ । 

    शहरमा बस्न काम गर्न मन लाग्छ तर गाउँमा अवसर छैन वा शहरमा अवसर रेडिमेड छ तर अवसार छोप्न दिमाग छैन । गाउँमा अवसर आफै निर्माण गर्न पर्छ नेपालमा काम गर्न भारतिय बाहेक दशै हजारको संख्यामा बिदेशीहरु प्नि आएकाछन उनिहरुलाई कन्सल्टयान्ट भनिन्छ हाम्रा मान्छे बाहिर काम गर्न गए लेवर भन्निछ उनिहरु हामी कहाँ आएर खुराफाती गर्छन् हामी उता गएर मुफतीमा काम गछौ किनकी नो भन्न हामीले जानेनौं बिद्यालयमा सिकाइएन ।

    उता गितामा भगबान कृष्णले “कमण्डे बाधिकारस्ते माफलेसु कदाचन” भन्नु भएको छ जसको अर्थ हुन्छ कर्म गर तर फलको निश्चिता छैन यसको अर्थ निरर्थक काम त पक्कै होइन होला यस अर्थ कर्म गर्ने कुरा अपरिहार्य छ तर कर्मको फल या ज्याला तपाईको काम लगनशिलता क्षमता सैली गराई उत्पादकत्वमा भर पर्छ तसर्थ कर्म गर्दे फल नै पाइन्छ भन्ने निशिचत छैन कर्म गर्दा सहि ढंगमा गर्नुपर्छ ।

    काम, काम भन्दै हामी दौडिरहेका हुन्छौं दौडेको वावाजुद केहि धन राशी आर्जन पनि गरिरहेकाछौ ।दौडेको वापतमा धेरथोर आर्जन हुदाँ मन हर्षित हुन्छ यहि नै जिवन हो । काम के हो कामलाई कसरी बुझ्ने, कार्लमाक्सका अनुसार कार्य भन्नाले मानव गर्ने कार्य जसमा कच्चा पदार्थलाई तयारी बस्तु बनाइन्छ जसलाई हामी प्रयोग गछौं जुन उपयोगी हुनुपर्यो तर काम भन्नाले मालिकको लागि गरिने श्रम जसमा मालिकले नाफा पाउछ कामदारले ज्याला पाउछ । तर हामी कामको कुरा गरिरहेका छौ कार्य र काममा फरक के छ त । काम भन्नाले हामी कुनै अवधीमा कुनै दर भाउले गरिने कार्य हो । यो निश्चितरुपमा कार्य भन्दा भिन्न हो काम मुलत आर्थिक मुल्यमा अर्थात मुद्रामा हिसाव गरिन्छ भने कार्य निशुल्क र सशुल्क दुबै प्रकारको हुन्छ ।

    कार्यले कुनै नतिजा परिणाम ल्याउछ ल्याउनै पर्छ तर उत्पादन हुन्छ अर्थतन्त्र बन्छ ।कामले पैसा र खुसी दुबै ल्याउछ । काम गर्न पारीबाट मान्छे आउँछन सानो तिनो यावत काम गर्छन पैसा कमाउँछन पारी तिरै लैजान्छन । हामी रिस गर्छौ देखासिकि गदैनौ । चटपटे पानी परी देखि सडक पिच गर्ने सम्म उनिहरु निर्धक्क लाज नमानी श्रम गर्छन कमाउछन अनि रमाउछन हामी केवल रमाउछौ कमाउन जानेकै छैनौ चिया पसलमा बस्छौ नेताको उछितो काढ्छौ लाग्छ हामीले जानेकै त्यहि हो ।

    ''गाउँमा बाँस घारी छ त्यहि बाँसको सिन्को अर्थात तुथ पिक बिदेशबाट ल्याउछौ हाम्रो जाँगरमा सायद धमिरा लागेको छ।तर हामी कहाँ कामको खोजिमा करिव पचास लाख मानिस बाहिरिएकाछन उनिहरुले बाहिर देशमा गएरगर्ने भनेको काम भेडा हेर्नै, खाल्डो खन्ने, रंग लगाउने, बेल्डिङ्ग गर्ने, कुक, बेटर, रेसेप्सनिष्ट, गार्ड ,प्लम्वर, इलेक्ट्रीसियन, ड्राइभर, स्काइ फोल्डर, हाउस किपिङ्ग, कोइला खानीमा, सिकर्मी, डकर्मी, पेन्टर, मसाल्चि, सरसफाई गर्ने, खेतबारी तरकारी फार्म आदिमा काम गर्दछन । तर तिनै हाम्रा नेपाली दाजुभाई बिदेश पुगेर सबै काम गर्न तत्पर हुन्छन् तर मुलुकमा त्यहि काम गर्न हिच्किचाउछन्। ''

    यो सब किन कसरी के कारणले भयो । किन हामीमा कामलाई बर्गिकरण गरी तुच्छ, उच्च, निच, कमसल असल, खराव भन्ने सोच बिकास भयो यो सोच कस्ले जन्मायो । जात बर्ण व्यवस्थाले सुरुमा कार्य बिभाजन गरयो त्यसमा कुनै पुर्वाग्रह थिएन होला सायद । त्यो बेला जातको आधारमा काम छुट्याइयो तर अहिले यो कायम छैन हरेक जात जातीले काम जे पनि गर्न सक्छन तथापी अझै चेतना छैन ।

    काम गर्न लाई जात भात धर्मले रोक्दैन आजको जमानामा जे काम पनि अर्थपुर्ण छ । काम गर्न जोश, जाँगर, हिम्मत, आँट हुनुपर्यो जे काम गर्दा पनि फरक पर्दैन । जो साथि भाई इष्टमित्र छिमेकि भेटे पनि के काम गर्नु हुन्छ भनेर सोध्ने चलन छ कतिपयले उत्तर सुनेर निधार खुम्चयाउछन् कहाँ पढाउनु हुन्छ प्राइभेट कलेज पेन्सन आउँछ आउदैन सरकारी भयो हुन्थ्यो प्राइभेट के काम हाम्रो सोचमा दरिद्रता छ । के काम गर्नु हुन्छ टुरिष्ट गाइड ए बिदेश गोराको पछिपछि हिड्ने हो खत्तम छ काम छैन आदि इतयादि समाजको यो बिकृत सोचले हामी दिन दिनै गाडिदै छौं पारीको मान्छेले आएर हामीले छिछि भनेको काम गरेर घर बनाइसक्यो ।

    हामीकहाँ “कस्तुरी कुन्डलीबासे मृग ढुसँडे बनमा जस्तो छ अवस्था“छ किनकी हामी संग काम अथाह छ तर काम गर्ने सोच बिचार ढंग छैन केबल हतास सोच, अधैर्य मन छ जसबाट युवाहरु कामको अभावमा तडपिने भडकिने अवस्था छ । कलेजका बिद्यार्थिहरु यसो काम भए भन्नुस् न सर हामी पनि गछौ अनि कामको लागि कुरा गर्यो के काम भनेर सोध्छन मार्केटिङ भने पछि सर मार्केटिङ त नगर्ने अफिसमा बस्ने कम्प्युटर चलाउने भए भन्नुस न मार्केटिङ मा त धुलो, धुवाँ खान पर्छ दुख छ ।

    देश आयात निर्भर छ देशमा उद्योग उत्पादन छैन सबैलाई कुसर्चि रुग्ने काम चाहिएकोछ अनि देश सक्किएन त हाम्रो शिक्षाको बिकृत स्वरुप यहिँ हो । हामी नेपालमा हाम्रा आमा दिदि बहिनी ले गरेका कामलाई कामै मान्दैनौ किनभने ति कामहरुमा प्रेम, लगाव, कर्तव्य, आस्था, जिम्मेवारी, भावना जोडिएकोछ तर हामी वहाहरुले गरेको काम सम्हालेको घर परिवारको बागडोर लाई सहज मानेर कुनै माइने राख्दैनौ ।

    त्यसै गरी हामी हाम्रो जिवनमा गर्न सकिने सम्भव भएका सहज घर वरपरका सानातिना काम रोजगारीलाई काम नै हो भन्दैनौ हामीलाई लाग्छ कि बिहान उठ्यो हतार हतार खाना खायो अनि कुनै कम्प्युटर हाम्रो सोच बिचार तरिका निकम्मा छ तसर्थ हामीलाई सधैं काम अभाव लागिरहन्छ । त्यसो त के छ त काम हामी संग गरे के हुन्न यहाँ यो भनाई सार्थक छ हामीले काम खोज्ने क्रममा के के कुरा मा प्रयास गरयौ त के के कुरा गरेर हेर्यौ त केहि पनि छैन हामीलाई लाग्छ काम त मालिकले बनाउने हो हामीले ज्याला लिएर गर्ने हो त्यसमा समय दिनु परयो हामीलाई मालिकले काम दिन्छ वापतमा ज्याला दिन्छ उस्ले नाफा लिन्छ ।

    कहाँ कहाँ छ त काम हामीले बाँच्ने तरिका, जिवनसैली, लवाई खवाई सबै तिर काम नै काम छ बस त्यति हो हाम्रो आँखाले त्यो काम ठम्याउन सकेन किनकी हामीसंग रेडिमेड उत्तर छ हामीको मा कामै छैन । हाम्रो काम प्रतिको परिभाषा सोच, बिचार, व्याख्या बदल्नु आवश्यक छ । काम आखिर के हो त सफा ठाउँ, कुर्चि, टेबल, एकाध कम्प्युटर, केहि मान्छे, निश्चित नियम कानुन, आउने जाने समय, महिना पुगेपछि दिने तलव मात्र हो त काम काम हाम्रो वरिपरि नै छ त्यसमा सुरुमा लगानि आवश्यक छैन सुरुको लगानी सोच हो आत्मबिश्वास हो । लगानी लगन हो तेसो लगानी आफु प्रतिको विश्वास हो त्यसपछि काम घर आगन मै भेटिन्छ । काम खोज्न सहर धाउन आवश्यक छैन ।

    कामलाई हेर्दा खोज्दा बुझदा हामी हाम्रो प्राथमिकतालाई इमान्दारीपुर्वक सोच्यौ अनि हाम्रो प्राथमिकतामा कामलाई जोडौ हामीले चाहेको कुरा यो यो हो जुन कुरा यो कामबाट मिल्छ । कामको क्षेत्रहरु कृषि, मनोरन्जन, पर्यटन, यातायात, शिक्षा, स्वास्थ्य जे पनि हुन सक्छ शिक्षा भन्नासाथ सिक्षित हुनुपर्छ । स्वास्थ्य भन्नासाथ डाक्टर नर्स हुनुपर्छ भन्ने कदापी होईन । सबै काम गर्ने व्यवसायी त्यहि क्षेत्रका विज्ञय हुनुपर्छ भन्ने धारणा बदल्नुपर्छ जस्तो कि बुद्ध एयरको मालिक पक्कै पाइलट हैन तर राम्रा चलाउनु भएको छ ।

    पेशा काम जागिर व्यवसाय सबै समाजमा रहेका समस्याहरुको समाधान माथी केन्द्रित भएर गरिन्छ जस्तो राजनिति नेताले जनताको भावना बुझेर त्यहि माथि खेल्छन कुनै बेला राष्ट्रियता कुनै बेला गास बास कपास, कुनै बेला महाकाली आदि त्यस्तै व्यवसायीले पनि समाजका बिभिन्न क्षेत्र मध्येबाट समस्याग्रस्त क्षेत्र खोजेर काम गर्ने हो त्यसरी काम गर्दा सहज सफन हुन्छ ।

    समाज–समस्या–समाधान–साधन–स्रोत अदिको बिश्लेषणबाट काम बनाउन सकिन्छ तसर्थ गरे जे पनि काम छ यहाँ भन्न सकिन्छ । के काम छ त हामी संग हामीले के काम गर्ने त भन्न त सजिलो त तर व्यवहारमा उर्तान कठिन छ । हाम्रा सबै मानिस मानसिक नभै शारिरिक काम गर्न बिदेश जान्छन त्यसकारण पनि हामी काम गाउँ दुरदराज, टोल, नगर पालिका भित्रै कामहरु गर्न सकिन्छन । हरिदेबी कोइरालाले गितमा भनेझै यहिँ खनौला गैंचि र कोदाली खाम्ला बरु खोलेमा नुन हाली, पाइन खवर घर फर्कि आउनुहोस् मेरो हजुर लाई व्यवहारमा ढाल्न सकिन्छ । ति काम मध्ये तरकारी, माछापालन, मौरीपालन, बंगुरपालन, बाख्रापालन, भैसिपालन, तरकारी खेती, फलफुल खेति, च्याउ खेती, गडौला खेती, जडिबुटि खेती,घाँस खेती, कुखुरापालन, खरायो पालन, डालेघाँस, हस्तकला, अम्रिसो खेती, अदुबा खेती, कुरीलो खेती, ड्रागन खेती, एभोकाडो खेती,अकबरे खुर्सानी खेती,किबी खेती, किम्वु खेती, स्टवेरी खेती, रेशम खेती ,आलुस खेती,गोलभेडा खेती बेमौसमी खेती हुन्छन जसमा पानी चाहिन्छ हाम्रा पहाडमा पानी कम छ जसमा बर्षे पानि संकलन उत्तम उपाय हुन सक्छ साथै कतिपय बालीमा पानी बिना पनि सम्भव छ यि यावत खेती वाली तथा जनावर पालनमा बिशिष्ट ज्ञान आवश्यक हुदैन । यि क्षेत्रको उत्पादनको बजारको लागि स्थानिय ग्रामिण पर्यटनले समेत टेबा दिन सक्छ ।

    साथै यि बाहेक पाउरोटी, डोनट, पानी पुरी, खाजा पसल, बरफ, कुकिज, फलफुलको जाम जुस आदि पनि हुन सक्छन साथै सिपमुलक कामहरुमा जुत्ता सिलाउने, कपडा सिलाउने, डकर्मी, सिकर्मी, प्लम्वर, गाडि, बाइक, साइकल, मोबाइल, टिभि मर्मत, कुटानी, पिसानीमिल, ग्रिल, बेल्डिङ्ग,पेन्टिङ्ग, श्रतसृगाँर समाग्रि बनाउने, माला, पोते, बाँसबाट समान बनाउने, परालबाट, गहुको छ्वालीबाट बन्ने समानहरुमाटोका समानहरु,पात बोक्राबाट बन्ने सामान आदि गर्न सकिन्छ । साथै घर गाँउमा गर्न सकिने कामहरुमा अधिकांस मौसमी हुन्छन हामी नेपालीका सोच स्थायी जागिरमा अड्किएका रअल्झिएका छौं । 

    जव हाम्रो जिवन नै स्थायी छैन भने हाम्रो काम जागिर, नोकरी, व्यवसाय कसरी स्थायी हुन्छ । यी सब काम पेशा व्यवसायलाई पैसा कसरी जुटाउने स्रोत के छ जसमा सानो तिनो पुजि स्रोतले काम गर्छ साथै थप सामान औजार हरु आफुसंग रहेको साधन स्रोतबाट काम चलाउन सकिन्छ । साथै आफन्त साथिभाई इष्टमित्रबाट केहि सापटि उधारोबाट काम गर्न सकिन्छ त्यसकारण गरे जेपनि काम छ यहाँ जसका लागि स्थानिय सरकारद्धारा तालिम ज्ञान सिप समेत मा सहयोग गर्न सकिन्छ । स्थानिय सरकारद्धारा बिना धितो ऋण दिनु पर्छ जसमा धितो स्वरुप नागरिकता पासपोर्ट राखन सकिन्छ सानो पुजिमा काम गरेमा जोखिम कम ससाना रोजगारी बढ्ने, युवाहरु देश भित्र रोकिने अडिने साथ उत्पादकत्व बढ्छ ।

    स्थानिय निकायमा सरकारी अड्ढा कार्यालयले सामान किन्दा स्थानिय उत्पादन न किन्नु पर्ने गराउन सकिन्छ साथै समाज, गाउँ, टोल, छिमेकले पनि सामान खरिद गर्दा स्थानिय उत्पादकबाट किन्न सकिन्छ । यी सवका बाबजुद पनि आत्मवल, हौशला, हिम्मत प्रोत्साहनका लागि सुलभ कर्जा, सिप मुलक, तालिम, स्थानिय प्रविधि बिकास, बजार व्यवस्थापन, उत्पादन, प्रचार, प्रवद्र्धन स्थानिय सरकारले गर्नुपर्छ ।

    नेपालका पहाडी क्षेत्रमा पानीको अभाव नै छ त्यसकारण विना पानी हुन सक्ने गर्न सकिने अन्न, खेतीबाली, घरेलु उद्योग सञ्चालन गर्न सकिनेछ । उन, तान, सनपाटका सामानहरु पनि उत्पादन गर्न सकिन्छ । समस्या के छ त काम गर्नका लागि नेपाल जवकि नेपालीहरु बिदेशीन बाध्य छन् ।

    मुल समस्याहरुमा नेपाली जनमानसको बिदेशी सामानको लगाव, पानीको अभाव, ढुवानीको समस्या, बजारको अभाव, बैक लगानीको सुसबिधा अभाव, ऐन कानुनको अभाव, उर्वरा जमिनको अभाव, सिंचाईमा राज्यको उदासिनता, माटो, पानी, हावा सुहाउदो सिपमुलक तालिम अभाव, राजनैतिक बृतमा इमान्दारिताको अभाव आदि हुन् ।

  • सम्बन्धित विषय:

  • # अर्जुन मोहन भट्टराई