काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबीच नवनियुक्त मन्त्री शाहले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारी, राजनीतिक दलका प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
शपथसँगै मन्त्री दीपककुमारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्। बिहिबार नै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी थिइन्।


