काठमाडौं । साताको चौथो कारोबार दिन बिहिबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज बजार १५.४३ अंकले घटेर २५४५.४० को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार घटेसंगै बिहिबार कारोबार रकम पनि घटेको छ । बुधबार ४ अर्ब १९ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब को कारोबार भएको छ ।
त्यसैगरी आज त्यसैगरी आज ६७ कम्पनकिो सेयर मुल्य बढेको छ भने २०० कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ११ कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।


