आइतबार, कार्तिक १६ गते २०८३
images
images

महानगरका कर्मचारीले घुस मागे प्रमाणसहित पठाउन मेयर बालेनको अनुरोध

एक्सप्रेस पाना
जेठ २, २०८० मंगलबार
  • 436
    SHARES
  • महानगरका कर्मचारीले घुस मागे प्रमाणसहित पठाउन  मेयर  बालेनको अनुरोध

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन' ले महानगरभित्र हुने भ्रष्टाचारलाई हेर्न नसक्ने बताएका छन् । 

    images

    उनले आफ्नो अधिकार क्षेत्र महानगर रहेकाले घुस माग्ने कर्मचारीवरुद्ध प्रमाणसहित जानकारी दिन आह्वान गरेका छन् ।

    उनले मोबाइल नम्बर सार्वजनिक गर्दै गोपनियता कायम राख्ने उल्लेख गरेका छन् ।

    images

    उनले भनेका छन्-  हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौं। हाम्रो अधिकार क्षेत्र काठमाडौं महानगरपालिका कार्यालयमा कुनै कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाणसहित हामीलाई सम्पर्क गर्नु होला भिडियो-अडियोसहित । कसैले बिना प्रमाण यसले यति भ्रष्टाचार गर्‍यो भनेर आरोप लगाउनुभन्दा पनि प्रमाण जुटाउनु होला। हामीलाई 9863592011 मा whatsapp मा प्रमाणसहित सम्पर्क गर्न सक्नु हुनेछ। यो मोबाइल मैलेमात्र बोक्ने भएको हुनाले पठाउनेको नाम गोप्य राखिनेछ । 

  • सम्बन्धित विषय:

  • # बालेन