प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि मंगलवार पनि छलफल हुने भएको छ ।प्रतिनिधिसभा बैठक बिहान ११ बजे बोलाइएको छ ।
नीति तथा कार्यक्रममाथि जेठ ७ गतेदेखि छलफल शुरू भएको हो । नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले धारणा राखिसकेका छन् ।
.jpg)


