आइतबार, कार्तिक १६ गते २०८३
images
images

पशुपति वनकालीमा आज पार्थिव शिवलिङ्ग पूजाआजा हुँदै

एक्सप्रेस पाना
जेठ ११, २०८० बिहीबार
  • 332
    SHARES
  • पशुपति वनकालीमा आज पार्थिव शिवलिङ्ग पूजाआजा हुँदै

    मानश तथा बोलबम परिवार जनकपुरधामको आयोजनामा आज बिहीवार पशुपति वनकालीस्थित हंशमण्डपमा दिनभर पार्थिव शिवलिङ्ग पूजाआजा हुने भएको छ । 
    स्वदेश तथा विदेशमा समेत धार्मिक अनुष्ठान गर्दै आएको बोलबम परिवार नामक संस्थाले जनकपुरबाट ल्याएको माटोले पशुपतिनाथ परिसरमा शिवलिङ्ग बनाई पाठ, पूजा, हवन गर्न लागेको हो । 
    संस्थाका अध्यक्ष ललन ठाकुरले बनारसबाट झिकाइएका पण्डितसहित स्वदेशस्थित मधेशी र पहाडी ब्राह्मणको संलग्नतामा चण्डी र रुद्री पाठसहित हवन हुने धार्मिक अनुष्ठानमा ठूलो संख्यामा भक्तजनको उपस्थिति हुने जानकारी दिए । संस्थाले यसअघि २०७४ सालमा जनकपुरको रंगभूमि बाह्रबिघामा एकैदिन १० हजार भक्तजनको उपस्थितिमा पार्थिव शिवलिङ्ग पूजाआज गरेको जनाएको छ ।  

    images

    बोलबम परिवार संस्थाले देशभित्र जनकपुरस्थित प्रसिद्ध राम–जानकी मन्दिरसहित विभिन्न धार्मिक मठमन्दिर र छिमेकी मित्रराष्ट्र भारतको अयोध्यासहित विभिन्न धार्मिक नगरीमा यस किसिमको पार्थिव शिवलिङ्ग पूजाआजासहित धार्मिक अनुष्ठान कार्य सम्पन्न गरेको समेत अध्यक्ष ठाकुरले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # पशुपति