आइतबार, कार्तिक १६ गते २०८३
images
images

बेलायती प्रधानमन्त्री जोन्सनलाई मातृशोक

एक्सप्रेस पाना
भाद्र २९, २०७८ मंगलबार
  • 470
    SHARES
  • बेलायती प्रधानमन्त्री जोन्सनलाई मातृशोक

      भदौ २९ काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनकी आमा शारलोट जोन्सनको निधन भएको छ।

    images

    ७९ वर्षीया शारलोटको लण्डनस्थित सेन्ट मेरिज अस्पतालमा निधन भएको बीबीसीले जनाएको छ । ४० वर्षको उमेरमा नै पार्किन्सनको समस्याबाट पीडित शारलोटले आफ्नो व्यवसायिक चित्रकारितालाई पनि अगाडि बढाएकी थिइन्।

    ;g\ १९४२ मा जन्मिएकी शारलोट जोन्सनका बुबा सन् १९७० मा युरोपेली आयोगका अध्यक्षसमेत थिए। प्रधानमन्त्री बोरिस जोन्सन, पत्रकार र्‍याचल, पूर्वमन्त्री जो र पर्यावरणविद् लियो उनका चार सन्तानहरु हुन् । प्रधानमन्त्री जोनसनले यसअघि आफ्नी आमालाई परिवारको ‘सर्वोच्च अधिकारी’ को रूपमा वर्णन गरेका थिए।

    images

    सन् २०१९ मा आफ्नो पहिलो कन्जर्भेटिभ पार्टीको सम्मेलनमा जोन्सनले आफ्नी आमाले उनलाई सधैँ ‘समान महत्व, समान गरिमा र पृथ्वीका हरेक मानिसको समान मूल्य हुन्छ’ भनी सिकाएको बताएका थिए।