शुक्रबार, भाद्र २६ गते २०८३
images

खाली गाडी कुदाउनलाई व्याज तपाईले तिर्नुहुन्छ ?

एक्सप्रेस पाना
जेठ १५, २०८० सोमबार
  • 695
    SHARES
  • खाली गाडी कुदाउनलाई व्याज तपाईले तिर्नुहुन्छ ?

    अर्जुन मोहन भट्टराई ।  करिब दशौं खर्वौको लगानि छ । सार्वजनिक यातायातमा हामी सार्वजनिक यातायातमै निर्भर छौ । सार्वजनिक यातायातको सहि व्यवस्थापनले देशको चित्रण गर्छ । सेवा उद्योगमा गरिएको यो लगानीमा सत प्रतिशत नेपालीकै लगानि छ । अमेरिकी यातायात व्यवसायी रविन चेसका अनुसार यातायात विश्व जगतकै चासो हो यो हाम्रो दैनिक जिवनसंग जोडिएको छ, यो राम्रो चलिरहेमा हामीलाई मतलव नै हुदैन तर, जब यातायात व्यवस्था बिग्रिन्छ हाम्रो दैनिकीमा नकारात्मकता आउछ र रिस बढछ, हरेक सम्भावनालाई कटौती गर्छ । रविन चेसको भनाईमा वास्तविकता लुकेको छ । हुन त बेलफेयर स्टेटको अवधारणा मरेर सार्वजनिक संस्थान निजिकरण वा घैयामा विक्रिकरण भएको परिप्रेक्षमा सार्वजनिक सवारी कसैको चासो रहेन । पठाउलाई दैनिक जिवनसंग जोडेर जिवन सहज बनाउने कुचेष्टा गरियो ।  

    images

    आवागमन नै नभएमा उद्योग, धन्दा, व्यापार, कलकार्खाना चलायमान हुन सक्दैन यसका लागि यातायात अनिवार्य सर्त हो । तथापी राजनैतिक दल बृत्तमा यो हेक्का छैन । हुन त बेला बेलामा मन्त्रि, सचिवले अनुगमनको स्टन्ट गर्छ्न । भलै उक्त स्टन्टमा पनि जनता हामी दंग फुरुङ हुन्छौ किन की हामी धेरै चाहेका छैनौ हुन त बादेन र चिरिवाबु मेट्रो चलाउन छलफल गरेको सञ्जालमा आएको छ तर यो छलफल केवल फल होईन छलनै हो भन्दा हुन्छ । किनकी बषौदेखि सुरु गरेको फाष्ट ट्रयाक, सुङमार्ग जहाँको त्यहि छ भने अव मेट्रोको सपना बाड्नु गलत हो फेरि लागत र परिणाम फाईदा बेफाईदा हेक्का नराख्दा लुम्बीनी र पोखरा अन्तराष्ट्रिय बिमानस्थल जस्तो भिमकाय ऋणको बोझ हुन के बेर ?

    सार्वजनिक यातायातमा सवार रहदा आफुलाई मृर्कटा जस्तो लाग्छ निरिह, हुतिहारा लाछी, कायर भएर हाजमोलाको विज्ञापन जस्तो-जे आउछ मजाले पचाउछ जस्तो लाग्छ । यस्को मतलव उग्र, बिद्रोही हुनुपर्छ भन्ने होईन तर सामान्य रुपमा पनि आफुलाई प्राप्त हुने सेवामा मूल्य बमोजिम पाउने न्युनतम सुबिधाका लागि पनि सेवा प्रदायकसंग सेवाग्राही चुक्क नबोल्ने हाम्रो निकक्मा पारालाई उल्लेख गर्न खोजिएको हो । कर्तुम अर्कतुम अन्यथा कर्तुम भने झै हामी बोल्न पर्ने ठाउँमा नबोल्ने नबोल्ने ठाउँमा बोल्ने गछौ । सार्वजनिक यातायातमा बोल्ने बेला भएको छ जुन हाम्रो दैनिक जिवनसंग प्रत्यक्ष गाँसिएको छ । तर हामी चाहे बस्तु ढुवानीमा होस या यात्रु ओसार पसारमा होस सबैतिर पिडित छौ यो पिडा हामी नबोलेर दिन दुगुना रात चौगुना भैरहेकोछ । यातायात व्यवस्था विभाग अर्कमण्य छ कर्मचारी तथा हाकीमको पजनि निरन्तर भैरहन्छ । यो अर्को भन्सार भैरहेकोछ । कामको सिलसिलामा प्राय काठमाडौ पोखरा आवतजावत गर्छु । यस क्रममा आफुले भोगेको पिडा प्रस्तुत गर्दा केहि क्षण भएपनि मनको शान्ती साथै सुधारका बारेका समाज सचेत हुने अपेक्षा छ । बस चालक तथा सहचालकहरुमा अर्के खालको मिचाहा मानसिकता छ । जसलाई ट्राफिकहरुबाट पनि पृष्टपोषण भैरहेकोछ ।

    images

    काठमाडौदेखि पोखरासम्म पुग्दा करिव १० वटा ट्राफिक पोष्ट पार गर्नुपर्छ तर कुनै पोष्टमा पनि ट्राफिकले बसवालालाई अनुगमन गरि यात्रुको हितमा काम गरेको देखिन्न । यसमा यात्रु दोषी छन भलै तर नेपाल प्रहरीको जिम्मेवारी कहाँ रह्यो सत्य सेवा सुरक्षणम कता हरायो ? २०४९ सालमा सबारी तथा यातायात ऐनको बिरोधमा आफु बस सञ्चालक तथा सिन्डिकेटमा आवद्ध भएको नाताले सरकारसंग ऐन मस्यौदामा छलफल गर्न अरु ठुला व्यवसायी प्रतिनिधि सहित पोखराबाट काठमाडौ आईयो बार्तामा आ.डि. प्रभास चटौत र एक जना कानुनको अधिकृत हुनुहुन्थ्यो । त्यो बेला निकै मन्थन भएको थियो । त्यो बेला गिरिजा प्रसाद प्रम हुनुहुन्थ्यो त्यो बेला जहाज पनि दुर्घटना भएको थियो तसर्थ पनि सरकार केहि साबधानीतर्फ बढेको थियो साथै नयाँ बसपार्क भर्खर चिनले बनाएको थियो त्यो बेला पार्किङ २० रुपैया उठाउने बिषयमा हामीले दुईदिने चक्काजाम पनि गरेका थियौ । अहिले महगा बसहरु बसपार्कमा नराखि सडक पेटिमा कलङितिर पार्क गर्दा हामी दुनियाले भोगेको सास्ती समेत भोगीरहेकोछ । अहिले त्यो चिनले बनाएको बसर्पाक सुपर मार्केट जस्तै भएकोछ । बिचरा हामी देश सकाउन नेताजस्तै मरिहत्ते गरि लागेकाछौ । 

    नजरानाका भरमा दुधे बालकलाई भारी सवारी चालक अनुमतीपत्र दिने अनुगमन नगर्ने, सिट सख्या, यात्रु संख्या, सवारी क्षमता, यान्त्रीक जाँच नगर्ने यातायात व्यवस्था विभाग र त्यसका मतियार नेपाल प्रहरीले जनताको करबाट खाएको तलवको दायित्व निवार्ह गर्न पर्छ या पर्दैन । एडिबी, अन्तराष्ट्रिय मुद्रा कोष तथा अन्य बिदेशी ऋण दिने अन्तराष्ट्रिय संस्थाबाट ऋणमा पैसा ल्याएर बनाएका सडकहरुमा सडक सुरक्षाका लागि अति भारबहन गर्ने ढुवानीका सवारी साधनमा चेक जाँच अभिवारा ट्राफिकको होईन । मानीसहरु आफनो दैनीक जिवनमा गुजारा चलाउन बाध्यात्मक रुपमा यातायातको साधनहरुको प्रयोग गर्छन जुन रमाइलो, मज्जा, शौखले होईन तर नागरिकको यस बाध्यतामा सार्वजनिक यातायातका सवारी धनिहरुबाट ट्राफिक प्रहरि, सिन्डिकेट, यातायात व्यवस्था कार्यालयमार्फत यात्रुलाई सताउने, पिडा दिने कार्य भैरहकोछ ।

    यो समस्या उठाउदा सरकारी निकायबाट हमेसा उजुरी नआएको, नपरेको उजुरी परे कार्यबाही गरिन्छ । छानबिन हुन्छ भनिन्छ तर ट्राफिकले स्वतस्फुर्त रुपमा  काम गर्न कुन ऐन ,कानुन, कार्यविधिले रोकेकोछ । बिदेशी व्रान्डका महंगा साना सवारी आयात गरि मनपरि रुपमा भाडा लिई सिट भन्दा अधिक यात्रु राख्दा प्रहरी अर्थात ट्राफिक मुकदर्शक भएर हेरिरहको अवस्था छ ।काठमाडौबाट पोखरा जाने भनि यात्रु भरे दमौलीमा लगेर झार्छ बसवालालाई उजुर गर्न जाउँ आफनो काममै हतार हुन्छ । उजुर नगरौ पिडाले भतभति छाती पोल्छ । स्वाभिमानले सर्राप्छ । सवारी धनि या सहचालक वा चालकले कुनै गुनासो राखेमा सिधै गाडिबाट झर्नुस यस्तै हो । जहाँ गएर उजुर गर्ने उजुर गर्नुस । लाखौ व्याज तिर्नुपर्छ यात्रु नकोचेर के गर्ने हाम्रो व्याज तपाईले तिर्नुहुन्छ ?

    जिवन जिउने क्रममा हरेक भुमिकामा रहनुपर्छ म पनि कुनै बेला यातायात व्यवसायी थिए आफुबाट पनि यात्रु प्रति जान अन्जानमा भुलवश अन्याय गरियो जस्तो लाग्छ । पृथ्वि गोलो छ कुनै बेला सातदोबाटोबाट रत्नपार्कमा माइक्रोमा यात्रा गरेका नारायणकाजी स्वयम यातायात मन्त्री हुदै गृहमन्त्री हुनुहुन्छ वहाँले त्यसबेला अर्थात करिव २ वर्ष जति अगाडि उक्त माइक्रोबसलाई उजुरी गर्नु भएको थियो बग्गिखानामा । वहाँ त नेता हुनुहुन्थ्यो आवाज सुनुवाई भयो तर हामी निरिहको कस्ले सुन्ने । पठाउ र उठाउमा ऋणको मोटरसाइकल चलाएर युवालाई बाँच्न बाध्य पार्ने राज्यले सार्वजनीक यातायात पोलेर दुइृ पाङग्रे प्रर्वद्धन गरिरहेकोछ । हुन त केहि मानीसको रोजी रोटी छ तर यो प्रबृतिले देश सकिन्छ । सार्वजनिक यातायात बिग्रनु मा घर देखि ५ कोस पर बालबालिकालाई स्कुल पठाउने हामी स्वाँठको अहम योगदान छ । नजिकको जोगी भातमारा टाढाको जोगी सिद्ध भन्ने हाम्रो मति भ्रम छ ।

    अर्कोतर्फ हामीमा रहेको एकाङकी सोचले निजि सबारी मुलत दुइृ पाङग्रे बढेको छ बैकले अटो लोन बाट त कमाए तर हामीले सार्वजनिक यातायात मारर्यौ कस्तो दुभाग्र्य मुलुकभरमै सार्वजनिक यातायातमा समस्या छ जसमा यात्रु पिडित छन सुनिन्छ यातायात व्यवसायीले बुझाएको रिश्वत ट्राफिकबाट हाकीमसम्म, हाकीमबाट प्रमुखसम्म, प्रमुखबाट, मन्त्रीर सचिवसम्म पुग्छ भनिन्छ साँचो हो होईन जनता जागेको दिन शाषकह?लाई ज्ञात हुनेछ ।कतिपय चालकबाट प्रहरि पोष्ट नजिकैको चिया, खाजा पसल, होटल, किराना पसलमा लगेर पैसा दिनुस भन्ने पनि सुनिएको छ । प्रहरिले रिश्वत लिने तरिका फरक फरक अपनाउछन । हुन त प्रहरी आफै पिडित छन सबारी यातायात आवागमनमा इमान्दार साथ कडाई गरि यात्रुको पक्षमा काम गरेमा कि त स?वा कि हाकीमको कि पार्टिका लाउकेको धम्की दवाव आउछ । यो जोखिम मोल्न ट्राफिक तयार छैनन किनकी उनिहरुको जहान केटाकेटिको मुखमा माड लाग्दैन स-साना ट्राफिक प्रहरिमा कार्यरत जवान भनेका गरिव परिवारकै छन ।

    पाटनतिरबाट काममा फर्कदै थिए संखमुलको पुलको जाममा एउटा स्कुटर चालकले जर्वजस्ती ट्राफिकको निर्देशन नमानी जान खोजि बाईकमा दुईजना सवार थिए ट्राफिकले स्कुटर समाते नियन्त्रण बाहिर गएर पल्टियो । सबारी चालक महिलाले उल्टै ट्राफिकलाई गालि गरिन आफनो गल्ति स्विकार गर्नु त परैजावोस । हरेक दिनजसो अफिस घर गर्दा सवारी चालकले दम्भ देखाएर नियम उलंघन गरेको प्रत्यक्षदर्शि भएको कारणले पनि अराजकता र दण्डहिनता बढेको छ हरेक क्षेत्रमा भन्ने लाग्छ ।

    आफु हरेक भुमिकामा रहँदा भोगेका देखेका विषयह?लाई ज्ञान लिन, थाहा पाउन सहज हुन्छ भन्ने लागेर यो विषयमा कुरा गर्न मन लाग्यो । चाहेर सबारी धनि चाहे सिन्डिकेट सञ्चालक या सिन्डिकेट कर्मचारी या कन्डक्टर या यात्रु हरेक कालखन्डमा संगालेका अनुभवले मानिसलाई मजबुत तथा परिपक्क बनाउछ । नेपालमा रहेका केहि सफल व्यवसायीहरु पनि सुरुवाती दिनहरुमा नगद व्यापार हुने यातायात व्यवसायमा हुनुहुन्थ्यो तर अहिले हुनुहुन्न । चाहे साझाबस आगोले जल्दा होस या ट्रलि बस बन्द हुदाँ होस हामीले नेपालीले हारेका छौ । केहि मानिसबाट पठाउले जागिर दिएको प्रसंसा सुनिन्छ तर हामी आफैले गर्न सक्ने बिषयमा सेवा उद्योगमा विदेशी लगानि ल्याउनु लज्जास्पद कुरा हो ।

    नेपालमा सार्वजनिक सवारीमा सुरुका दिनमा भारतिय पन्जावीहरु आएका थिए भन्ने पढन पाईन्छ तर अहिले सार्वजनिक सवारीको बारेमा बहस सुन्निन केबल जनमोर्चाका सासंद चित्र बहादुर केसिले सफा ट्याम्पोमा झुन्डिएर यात्रा गरेको फोटो फेसबुकमा यदाकदा देखिन्छ । हुन त कांग्रेस त्यागि नेता भिमबहाहुर तामाङ अमृत बोहोरा, अष्टलक्ष्मी शाक्य तथा पुर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्रीलाई कैयौ पटक स्वयम्भु यातायातमा यात्रा गरेको देखेकोछु । तर पनि पटकौ पटक मन्त्री सांसद बनेर पनि सुधारमा उहाँहरुको कुनै योगदान रहेन । विकसित देश त्यो हो जहाँ गरिवसंग कार हुने होईन कि धनि मानिस सार्वजनिक सवारी चढ्दछन । यो भनाईलाई हामीले बुझेर सार्वजनिक यातायात सुधार गर्नुपर्छ यदि यो सुधार नभएमा संघियता कार्यान्वयनमा समेत धक्का पुग्छ । 

    सार्वजनिक यातायात बिग्रर्नुमा यातायात व्यवसायीलाई मात्र सतिश्राप गर्नु अन्यथा हुन्छ । यसमा स्वभाविक जायज बस भाडासम्म तिर्न अनकनाउने जमात, यातायात व्यबस्था बिभागको लार्पवाहि तथा भष्टाचारजन्य कृयाकलापहरु, सवारी धनिबाट अकुत रुपमा क्यु शुल्कका नाममा उठाउने नाजायज दस्तुर शुल्क, सडक बिभागले सडकमा नबनाएर बडेमान खाल्डो तथा सडक दुव्यवस्था, ट्राफिक प्रहरीको मिलोमतो तथा नागरिक प्रतिको दायीत्वको निर्वाह नगर्नु, अनपढ, अज्ञान र कायर यात्रु, सरकारले सार्वजनिक यातायातका  सवारीका पाटपुर्जा, टायर इन्धनमा लगाएको अन्यायपूर्ण कर, भन्सार, मुअक अन्तशुल्क, रोड परमीटमा यात्रु चाप, बस संख्या, बाटोको आकार, दुरी लम्वाई ,चालकको उमेर अनुभवको जाँच तथा लायसेन्स बितरणमा अनियमतिता, र्बैकले असुल्ने व्याजमा अस्थिरता सिन्डिकेट आदि कारक तत्वहरु छन । हरेक नेपालीको जिवनमा पलपल ठोकिने विषय किन सरकारको प्राथमिकतामा पर्र्दैन यो यक्ष प्रश्न हो केहि समय अगाडिका अर्थमन्त्री जर्नादन सर्माले काठमाडौ पोखराको बाटो दुई घन्टा बनाउनुपर्छ भन्नु भएको विषय मार्मिक छ । हामी त्यो गर्न नसकौला तर चार घन्टा भने बनाउनु सक्छौ किनकी त्यो बाटो चार लेनको बन्ने क्रममा छ । 

    हवाई यातायातको सुरक्षा चुनौती आइरहेका बेला सार्वजनिक यातायात बहस अनिवार्य छ तर हवाई यातायात तथा सुरक्षामा सरकारी चासो आवश्यक छ किनकी यसमा बैकहरुको अर्वौ लगानि छ । हुन त स्थल यातायातमा पनि बैकको अटो लोनमा जिएको छ । सार्वजनिक यातायात नबाँचे सार्वजनिक यातायात त रहन्न साथै व्यवसायी पनि आत्मदाहको बाटोमा जानुपर्ने हुन्छ । सार्वजनिक यातायातलाई मााया गरौ ।  

  • सम्बन्धित विषय:

  • # अर्जुन मोहन भट्टराई