मंगलबार, भाद्र २३ गते २०८३
images

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाको सेवामा विशेष छुट पाउने

एक्सप्रेस पाना
आषाढ ५, २०८० मंगलबार
  • 295
    SHARES
  • महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाको सेवामा विशेष छुट पाउने

    महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट साथै कला क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । 

    images

    सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

    काठमाडौंमा अवस्थित एरोगिन हेल्थ केयरका विभिन्न सेवाहरुमा पाँचदेखि अधिकतम ४५%, इटहरी, सुनसरीमा अवस्थित होटल पाथिभरा इन्टरनेशनलका सेवाहरुमा १० %, मैतिदेवी काठमाडौंमा अवस्थित बुईगल लाउञ्ज एण्ड बारका सेवाहरुमा १५% लाजिम्पाट, काठमाडौंमा अवस्थित एलो हाईटीका सेवाहरुमा अधिकतम १० %, इटहरी ०६, सुनसरीमा अवस्थित बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनका सेवाहरुमा अधिकतम १० % र मैतिदेवी, काठमाडौंमा अवस्थित बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनका सेवाहरुमा १०%को छुट प्राप्त गर्न सक्नेछन् ।

    images

    यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

  • सम्बन्धित विषय:

  • # बैंक
  • # महालक्ष्मी  विकास बैंक