मंगलबार, भाद्र २३ गते २०८३
images

कृषि विकास बैङ्कका कर्जाग्राहीले असार मसान्तसम्म ब्याज बुझाए छुट पाउने

एक्सप्रेस पाना
आषाढ ८, २०८० शुक्रबार
  • 327
    SHARES
  • कृषि विकास बैङ्कका कर्जाग्राहीले असार मसान्तसम्म ब्याज बुझाए छुट पाउने

    काठमाडौँ । कृषि विकास बैङ्कले असार मसान्तसम्म कर्जाको ब्याज बुझाउने ग्राहकहरूलाई छुट दिने भएको छ । 

    images

    कर्जा लिई कारोबार गरिरहेका कर्जा ग्राहकहरूलाई असार मसान्तसम्म बैङ्कलाई बुझाउनुपर्ने सम्पूर्ण ब्याज रकम चुक्ता गरेमा बैङ्कले भुक्तानी गरेको रकममा ७ प्रतिशत छुट दिने भएको हो । 

    सो सम्बन्धी थप जानकारीका लागि बैङ्कले आफूले कारोबार गरिरहेको बैङ्कको शाखामा सम्पर्क गर्न समेत आह्वान गरेको छ । 

    images

    बैङ्कका अनुसार पछिल्लो समय नेपाली अर्थतन्त्रमा देखिएका विभिन्न समस्याका कारण बैङ्कबाट कर्जा लिई कारोबार गरिरहहेका व्यवसायीहरुको व्यययोग्य आयमा भएको कमीका कारण कर्जा असुलीमा समस्या परेको तथा कर्जा ग्राहकहरूले यस्तो विषम परिस्थितिमा बैङ्कले प्रदान गरेको छुट सुविधाबाट केही भए पनि राहत महसुस गरुन् भनी बैङ्कले यो प्याकेज ल्याएको हो । 

    विशेष गरी दुर्गम तथा ग्रामीण इलाकामा बसोबास गर्ने र कृषि पेसामा आबद्ध परिवारमा बैङ्कको कर्जा बढी लगानी रहेकोले त्यस्ता खालका ग्राहकहरूले यस छुट सुविधाबाट लाभ लिन सक्ने बैङ्कले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बैंक