शुक्रबार, भाद्र २६ गते २०८३
images

तपाई बिदेश जानु पर्ने नै होर ?

एक्सप्रेस पाना
आषाढ १०, २०८० आइतबार
  • 1.1K
    SHARES
  • तपाई बिदेश जानु पर्ने नै होर ?

    अर्जुन मोहन भट्टराई/ के छ विदेशमा त्यस्तो नगई नहुँने यहाँ किन हुन्न त्यहाँ किन हुन्छ त ?

    images

    हुन त सरकारी निजामती सुरक्षा सेना र राष्ट्र बैकका कर्मचारी त विदेशिन हुरुक्क हुन्छन पिआर लिन्छन डिभि भर्छन् सन्तान विदेश पठाउछन । हामी जस्ता सर्वसाधारणको त के कुरा गर्ने ।

    विदेश जानु अपराध हैन जान पाइन्छ तर स्वदेशमा उच्च पद लिएर जनताको करमा रमाएर मन चिन्तनमा विदेश जप्ने गलत सोच नै हो ।

    images

    नेताका छोरा छोरी अधिकांस विदेशमा पढछन, उतै बस्छन् तर तिनै नेता अन्य युवालाई विदेश जानबाट रोक्नुपर्छ भन्छन् ।

    एनओसिमा अलमल्याउन खोज्छन । विदेश जान कुरा आफैमा गलत होइन तर उतै पलायन हुने, घरको लोन, गाडिको लोन, मोबाइलको लोन, सबै लोनै लोनमा बस्दाबस्दै उतै अल्झिने र बन्धनमा परेर नफर्किने स्थिति छ यो प्रवासीको पिडा हो ।

    नेपालकाकरिब आधा करोड मान्छे विदेशमा छन् । चाहेर, नचाहेर उनिहरु बिदेशीएकाछन कतिको त उद्धार नै भएको होला कतिको त बेहाल भएकोछ  खैर यसमा मानीसहरु फँसिरहेका छन् ।

    झण्डै आधा करोड बिदेशमा छन्, यता ३७ लाख सामाजिक सुरक्षा भत्ता लिन्छन गाउँमा लास उठाउने मान्छे छैन । यता विकास हामी गाउँमा बसे सहर आउँछ सहर बसे गाउँमा आउछँ ।

    विकाससंग हाम्रो लुकामारी नै चलेकोछ यो विकास भन्ने चिज पनि अजिबको रहेछ ।

    २०७० साल ताका स्नातकका विद्यार्थिहरुको एउटा प्रतिभा पलायन विषयको बादबिवाद प्रतियोगीतामा संयोगबस निर्णायकबनेको थिए आफुलाई यो विषयमा गहन अध्ययन थिएन यद्यपी आयोजकको अनुरोधमा बसे सहभागी भाईबैनी मध्येको एकजनाले एपल, गुगल जस्ता कम्पनीमा काम गरेका छन् ।

    पैसा कमाएकाछन जिवन राम्रो छ । स्वदेशमा अवसर छैन के गर्ने त्यसैले बिदेश जाने प्रतिभा पलायन राम्रो हो अवसर जहाँ छ त्यहाँ  मानीस जान्छ भन्ने तर्क राखे तर त्यो बेला मैलेप्रतिभा पलायनको सर्मथनमा दिएको तर्कलाई नमानेर कम अंक दिए ।

    हामी तिनजना थियौं सबैको अंक जोडेर विजयी घोषणा भयो सायद ति भाई बैनी अहिले पक्कै नेपालमा छैनन्।

    यहाँनेर यो प्रसंग किन जोडेको भने नेपालका सरकारी र निजि कार्यालयतिर कुनै सरकारी काम लिएर गयो कामै हुदैन पटक्कै ।

    अनेक बहाना बनाउछन् । कामै गरिदिन्नन । अनि घर आउछु । बृतान्त सुनाउछु । सबैजना भाईबैनीको एउटै जवाफ “ तेरो नपालमा काम छैन त“ त बिदेश जानुपर्ने ”

    बिहान उठ्ने वित्तिकै हिमाल हेर्न पाइयोस भन्ने रामकृष्ण ढकालको गित सुन्न पाइन्छ तर हिमाल पस्केर भएन भातै पस्कन परयो कुराले चिउरा भिज्दैन के गर्ने ।

    बिहानको सिएनएन बिबिसि समाचार सुन्न हेर्न टिभि खोल्यो बाह्र पन्ध्र वर्षका केटाले स्कुलमा सुट गर्यो मान्छे मरे भन्ने समाचार सुनिन्छ ।

    चकलेट झै बन्दुक किन्न पाइने देश आफुलाई मानवाधिकारको ठेकेदार भन्छ । बिदेशमा सबै राम्रो छ कसरी भन्ने चिल्लो सडक सफा बाटो चौबीस घन्टा यातायातको सुबिधा बत्ती सितिमिती नजाने राम्रै लाग्छ तर बेलायतको गार्डियन पत्रिकाले भनेको जस्तै धनी देशका पश्चिमा नेपाल काम गर्न आए एक्सपार्टियट तर हामी नेपाली विदेश गए लेबर भनिन्छ ।

    हुन त हामी मान्छे निर्यात गर्ने सामान आयात गर्ने देश हो अमेरीकामा लुटपाट सामान्य हो हामीले समृद्ध देशभनेको अमेरीकामा लाखौ मानीस घरबार विहिन छन् ।

    बिदेशमा त्यस्तो के छ र ? त्यहाँ  काम गराउन गर्न सकिने याहाँ काम गर्न गराउन नसक्ने किन? त्यँहा जाने ? मेरो मनमा प्रश्न निरन्तर आईरहन्छ  ।

    किनकी त्यहाँ कि ”एस” कि ”नो” दायाँ वायाँ  कुरा छैन । मिलाई दिनुस, बिचार गर्नुस भन्ने हुदैन । नियम प्रष्ट छ ।  नियममा भए पाइन्छ नत्र जे गरेपनि पाइन्न । 

    मलाई साच्चै योग्य होला त बिदेश तर यहाँजस्तो सबै चिज त्यहाँ छैन । मनमादुविधा हुन्छ । नेपाल खरावै हो त? आफैलाई प्रश्न गर्छु । कि मैले मात्र काम गराउन नसकेको होकि भनेर अरुलाई पनि यस्तै हो सोध्छु साथीभाईलाई, सबैले नेपालमा काम गर्न गराउन धेरै गाह्रो छ भन्छन् ।

    २००९ तिर एक बिकासे  तालिमका लागि बेल्जीयम गएको थिए त्यो बेला स्पेन जादाँ बसपार्कमा फोन गदै गर्दा एउटा मान्छेले मेरो झिटिगुन्टा सबै उठाएर लग्यो नजिकै रहेको पुलिसलाई भने पुलिसले त्यो झोला लिएर भाग्ने मान्छे कहाँ भन्नुस भन्यो म अचम्मित भए यहाँ पनि यस्तै रहेछ कि जस्तो लाग्यो ।

    एकपटक थापाथलीको पुल पारी गुरुद्धारानेर एउटा बडेमानको साइनबोर्ड थियो त्यसमा लेखिएको थियो ”गरि खान देउ” त्यो बोर्ड संम्म अनि मानीसले त्यसै बोर्ड बनाएर राखेका पक्कै होईनन केहि नै केहि रहस्य छ यसमा मनमा कुरा खेलाउछु ।

    एकताका नेपालको एयरपोर्टबाट हात्ती पनि छिराउन सकिन्छ । कसै कसैले भन्ने गरेको सुनेको थिए । तर आफु एयरपोर्ट जाँदा पुलीसले त पेटि, टोपी, जुत्ता,चश्मा, घडीसमेत खोल्न लगाएको याद छ ।

    त्यसैले म आफु साच्चै नेपालमा काम नलाग्ने हुँ जस्तो लाग्यो फेरि सोच्छु अरुसबैलाई त ठिकै छ । मलाई मात्र किन यस्तो लाग्छ? खासमा नेपालमा कस्ता मान्छेको जिवन सहज छ त म घोरीएर सोच्छु ।

    शास्त्रले के भन्छ खुसी र सुःखी मान्छे त्यो हो जससंग असल श्रीमती, नियमित आम्दानी, आज्ञाकारी सन्तान,राम्रो स्वास्थ्य र विद्या छ । यो कुरा कहाँ लागु होला त । 

    मेरो सरकारी अड्ढामा काम नहुनु मा कतै मेरै दोस त होईन समिक्षा गर्न मन लाग्छ । किन  काम भएन त, कागज नपुगेर, समयमा नगएर, घुस नदिएर, नियमले नमिल्ने भएर होकी अरु नै कारणले होकी ?

    फेरी देश प्रसासन कर्मचारी अड्ढालाई मात्र दोष लगाउनु अन्यथा हुन्छ कि जस्तो लाग्छ तर पनि यो प्रश्न मनमा आइरहन्छ साच्चै यो देश मेरो लागि ठिक होईन कविहरुले भने जस्तै ”मलाई देश के दियो होईन मैले देशलाई के दिए भनेर सोध” कुरा त हो तैपनि म जस्तो सामान्य मानिसले देशलाई के दिन सक्छु र न म संग प्रसस्त पैसा छ, न अन्य क्षमता त्यसैले कबिले भनेजस्तो मसंग देशलाई दिने कुनै चिज थिएन ।

    देशलाई सोझोपना इमान्दारिता अनुशाषन के मा न वेच्न मिल्छ न पकाउर खान मिल्छ न बैकमा साट्न मिल्छ त्यसैले म साच्चै देशको लागि काम नलाग्ने नै हुँ म पक्का भए ।

    अस्ति काठमाडौं बाहिर जादै थिए बाटोमा एउटा मोटरमा लेखिएको थियो ”बर्मा गए कर्म संगै नेपाल गए कपाल संगै” यो देखेपछी म आफु नै काम नलाग्ने हो कि अरुलाई ठिकै भैइ रहेको छ  ।

    संसारमा खुसी हुने मानिसहरुको देश मध्ये नेपाल पनि परेकोछ तर कुन खुसी, कस्तो खुसी, के ले खुसी, कसरी खुसी त्यो भने हेर्न बाँकी छ । 

    सन्तोषम परम सुखम को संस्कृतको भनाई हामी नेपाली लाई लागु भएको त होईन नत्र भने हामी किन खुसी जहाँ अभाव, पिडा, दुःख ,हैरानी र समस्या छ तर सुखीमा नाम दर्ज हुन्छ । 

    साच्चिकै सिधा साधा, नम्र, बोल्न नसक्ने, साधारण मानिसका लागि नेपाल काम छैन त ? होकी जस्तो पनि लाग्छ जतिखेर सडक जाम भएको बेलामा कोही बाईक पेटि पेटि कुदाएर अगाडी बढ्छ तर म जाम कुरेर कहीले खुल्ला र जाउलाँ अनि पर्खेर बस्छुपेटि पेटि बाईक कुदाउने स्मार्ट अनि म लोफर जो जाम खुल्ने प्रतिक्षामा बसिरहेको छु । 

    कुर्नेहरुको पालो न आउने हो त कि पालै ढिलो आएको हो बुझ्न गाह्रो धेरै गहिराईमा गए मोती पाइन्छ भन्थ्ये तर यहाँ त गहिराईमा गयो भने त पागल भईन्छ जस्तो लाग्छ । 

    मेरो साच्चै नेपालमा काम छैन त म कि कर्तव्यबोधबिमोढ हुन्छु फेरी मन बुझाउछु अरु लाई हेर्छु सोच्छु जिवन के हो सफलता के हो । कार चढ्नु, सुटपाइन्ट लगाउनु, देश बिदेश घुम्नु खर्चिलो बन्नु ।

    अनि ति  मान्छेहरु जो कार चढ्छन सुटपाइन्ट लगाउछन देश बिदेश घुम्छन, खर्चिलो छन तर ति पनि खुसी छैनन् । 

    खुसी के त कहाँ छ कसरी ल्याउने त्यो पैसामा होकी रमाउनुमा होकि पुगीसरीमा होकि जिवनसैलीमा हो कि के मा हो त त्यसको परिभाषा छ । छ भने के हो खुसी भोगाई, सोचाई, देखावटी, लक्कन छप्पन नजान्ने, सीधा व्यवहार गर्ने, सिधा बाटो हिड्ने,सहने, धैर्यता राख्ने मान्छे साच्चै नेपालमा काम छैन हो ।

    त्यसो भए नेपाल चोर फटाहा धुर्त लाई मात्र सुहाउने देश हो पक्कै होईन किनकी मेरो देशमा भगवान बुद्ध जन्मनु भयो जो सदा सहनसिल धैर्य ज्ञानी हुनुहुन्थ्यो अहिंसा परमोधर्म उहाँको बचन थियो यो सब कहाँ हरायो त ? त्यसैले नेपाल निश्चयनै खराव मान्छेको देश पक्कै होईन । एकाध फटाहा भए भनेर सबैलाई एउटै ठाँउमा कहाँ राख्न मिल्छ र ?

    सिधा मान्छे बिदेशमा किन काम लाग्छन त ? उत्तर सरासर श्रम गरयो राम्रो ज्याला छ । श्रम शोषण छैन । धेरै घन्टा खट्यो भने राम्रो पैसा आउछ  । नेपालमा खास ज्याला पनि कम छ बिदेशको तुलनामा ।

    त्यसो भए बिदेश गएकाहरु सबै खुसी छन् त धेरै नेपाली हरु त साउदि कतार दुबई आदि गल्फमा छन के तिनिहरुमा आनन्द खुसी छ त ? कि पश्चिमा देश युरोप आदि गएकाहरु खुसी छन त यो सब भ्रम हो या बास्तविकता खासमा सुःख भनने बस्तु अनुभुतीमा छ ।

    किनकी कोही सडकमा ३० डिग्रिमा सडक पेटिमा दिउसो १ बजेको चर्को घाममा मस्त निदाइरहेको छ तर अर्को नेपालको धनाड्य मध्यरातमा पनि बिस्तारामा पल्टेर निदाउन सकिरहेकोछैन ।  

    बिदेश किन हाम्रो रोजाईमा पर्छ ? अज्ञानताले, महानताले, ज्ञानले या भ्रमले जे जस्तो भएपनि भौतीक सुबिधाको हिशावले बिदेशको तुलना नेपाल संग पक्कै हुन्न तर धर्म संस्कार, परम्परा,रितिरिवाज आदिको हिशाबले नेपाल बसाई लाई दोष दिन मिल्दैन ।  

    व्यवस्था बदलियो तर अवस्था उहि फेरबदल भएन केवल मान्छे वदलिए तर सोच व्यवहार कार्यसैली बदलिएन सायद यो दोष भुगोललाई मानचित्रलाई दिएर आफु ओभानो बन्न मिल्दैन किनकी काम नहुने कुरा बेला हामी किन बिद्रोह गर्देनौ चुप बस्छौ आफ्नो लागि किन बोल्दैनौ ।

    विदेशबाट घरमा बुबा आमालाई भेटघाटका लागि आफन्तहरु आउनुहुन्छ कहिलेकाही भेट हुन्छ उहाँ भन्नुहुन्छ तिमिलाई के हो यहिँ विदेश भन्दा बढि छ पटक्कै भेटन गाह्रो कतिबजे घरबाट निस्कन्छौ कति बजे फर्कन्छौ बिहान जाने बेलुकी सात बज्छ म उत्तर दिन्छु उहाँहरु कमाई त धेरै होला म केहि बोल्दीननेपालको जागिर नुन तेलको जोहो हो व्यस्त हुनु र कमाउनु फरक कुरा हुन यहाँ श्रमको कदर छैन तसर्थ मानिस विदेशीन खोज्छन यहाँ रेष्टुराँमा काम गर्ने वेटरलाई ए भाई यता आउ यो ल्याउ त्यो ल्याउ भनिन्छ आदरार्थि शण्द बोलिन्न तर त्यहि वेटर विदेशमा काम गरयो भने कति मर्यादाका साथ बोलाइन्छ काम एउटै श्रम उहि ज्याला फरक सम्मान फरक अनि जादैनन त युवा विदेश।

    नेता सरकारी पैसामा विदेश जान्छन मस्त घुमेर आउछा डलर भत्ता बुझ्छन् युवाहरु विदेश गए सिप कला ज्ञान लिएर आउछन विदेशजान रोक्ने होईन कि विदेशबाट नेपाल फर्किने वातावरण बनाउने हो ।

    मेरो बुबा आमा धेरै देश जाने अवसर पाउनुभयो आमा बेलाबेलामा भन्नुहुन्छ विदेश भनेर सबै मर्छन त्यहाँ पैसा तिप्ने रुख छ र ? हुन पनि हो विदेश त्यसै विदेश भएको होइन रहेछ उनिहरु आफनो कुरामा यती धेरै प्रतिवद्ध छन कि तसर्थ देश देश बनेको छ ।

    आजको दुनियामा ब्रेन ड्रेन, ब्रेन गेन, ब्रेन सर्कुलेसन जस्ता कुराहरु आएकाछन हरेक मानीस अवसरको पछाडि भाग्छ । यो अन्यथा होईन हाम्रो ब्रेनहरु पनि विदेशीएकाछन अन्यथा मान्नु हुन्न यो ब्रेन गेन पनि हुन सक्छ ।

    विदेश जाने विषय खराब होईन विदेशमा सिक्ने कुरा धेरै छ तर हामी समुन्द्रबाट चम्चा लैजान्छौ या समुन्द्रबाट नहर नै लैजान्छौ यो कुरा अहम हो ।

    जर्मल लेखक थोमस लिपर्ट प्रतिभा पलायन हामी कहाँ आउनु पर्छ अमेरिका जाने होईन हामीकहा आयो भने सम्पूर्ण युरोपलाई फाइदा पुग्छ हुनत हाम्रो रेमिटान्सले कुल ग्राहस्र्थ उत्पादन अर्थात जिडिपीमा २३ प्रतिसत हिस्सा लिएको सन २०१९/२० को तत्थ्याङ्क छ यस्ले के बुझाउछ भने मुलुकमा विदेशीनेबाट ठुलो योगदान राज्य र परिवार दुबैलाई छ भलै यस्ले केहि बिकृती ल्याएकोछ यसमा बिचार गर्नुपर्छ  फिलिपिन्स बाट पनि अधिक मानिसहरु बैदेशीक रोजगारीमा गएका छन् ।

    विदेश जान रोक्न के गर्न सकिन्छ जसमा शासकको इच्छाशक्ति हुनुपरयो । सडक बत्ति पानी सहज सर्बसुलभ हुनुपर्यो साथै शिक्षा स्वास्थ्य सहज सरल शुलभ सस्तो हुनुपर्यो । 

    विदेशबाट फर्केका पनि छन सधै हामी नकारात्मक कुरा गर्छौ मुलुक फर्केका युवाहरु पनि छन् जो नेपालमा विदेशबाट ल्याएको सिप ज्ञान उपयोग गर्न चाहान्छन तर कर कम्पनि दर्ता वार्ड नगरपालिका टोले गुन्डा डन माफिया कर्मचारी तन्त्रले केहिगरि खान दिदैन ।

    केहि विद्धानहरुको भनाई छ कि यदि हामी आन्तरिक बसाईसराई रोक्न सकेनौ भने बाह्य बसाईसराई कुरा गर्नु व्यर्थ छ । विदेश जाने कि नजाने आफनो बिचार हो बिदेश जाँदा धेरै कुरामा हेक्का राख्नुपर्छ ।

    महाभारतमा गरिएको यक्ष प्रश्नमा “परदेशको मित्र के हो” प्रश्नमा धन उत्तर छ यस्को अर्थ के भने कि तपाईसंग पैसा हुनुपरयो, कि भाषा, कि सिप अनि विदेश काम लाग्छ तत्र बर्मा गए कर्म संगै भने जस्तो हुन्छ । पैसा हामी संग कहाँबाट हुनु त्यहि पनि परिवत्र्य मुद्रा दरले गर्दा हाम्रो पैसा केहि न केहि हुन्छ ।

    अहिले सबै विदेश जानेमा वेरिष्टाको लहर चलेको छ केहि हद सम्म राम्रै हो तर पनि त्यो बाहेक अन्य सिप पनि जरुरी छ ।

    लिफ्ट भएको ठाउँमा पनि भर्याङ्ग चढने लिफ्ट चढन नचाहाने सोच भएका हामी विदेशमा सबै प्रविधिको प्रयोग हुने ठाउँमा कसरी टिक्ने विदेश जानु अघि आफुलाई तिखार्नु पर्छ । पौडी खेल्ने, सवारी चलाउने, टाइपिङ्ग जस्ता कुरा अपरिहार्य हुन्छ विदेशमा धेरै देश त समुन्द्री तटमा छन् ।

    विदेश जान रहर गर्नेले भाषा, रहनसहन, लवाईखवाइर्, मौसम, सिजन, खानपान, दिनचर्या बुझन जरुरी हुन्छ विदेश जाने भनेर हाम फाल्ने सोचले नेपालीलाई डुवाएकोछ ।

    जसलाई नेपालमा सजिलो छ राम्रो जिवन चलिरहेकोछ उसलाई बरु विदेश ठिक होला कमाउने हिशावले तर यहाँ नै काम जिउन जागिर गर्न नसक्ने र गाह्रो भएकालाई विदेश पठाउनु अभिभावकको मुर्खता हो ।

    तसर्थ विदेश ठिक छ तरकसका लागि यो सोचनिय छ। विदेश सकिहाल्ने पनि होईन त्यसकारण हतार नगरौ धैर्य गरौ ।

    एकजना आफन्तीलाई सोधे बाबु नानी के गर्छन उहाले भन्नु भयो व्याचलर गर्दैछन नेपालमा मैले किन यहाँ पठाउनु भयो भनेर सोधे उहाको उत्तर यस्तो थियो म सन्तानलाई पाउरोटि बेच्दै पढ्न किन विदेश पढाउने फि तिर्न महगो छ काम गर्दै पढन परयो त्यसकारण व्याचलर यहाँ पढाउने मास्र्टस विदेशमा पढाउने त्यो बेला सम्म वच्चा बुझने जान्ने परिपक्क हुन्छ भविष्यको बारेमा सहि निर्णय लिन सक्छ यहाँ नै राम्रा कलेज छन पढने विद्यार्थिका लागी किन विदेश जान परयो र ?

    यो सबैमा लागु नहोला तर पनि तर्क गम्भिर छ मनन गरौं, विदेश जाउँ बुझेर थाहा पाएर जानेर तयारी गरेर आफुलाई मजबुुत पारेर मात्र विदेशीने सोच राखौं ।

     

     

     

     

  • सम्बन्धित विषय:

  • # अर्जुन मोहन भट्टराई