अर्जुन मोहन भट्टराई/ पहिला पहिला विहे गर्न केटि माग्दा कति मुरी धान भित्र्याउछन भनेर सोध्दथ्ये । अहिले के सोध्छन होला ? असार पन्ध्र मानो खाएर मुरी उव्जाउने पर्व !
हाम्रो संस्कार नै धान चामलमा जोडिएकोछ । मर्दा बुर्कि, बिहेमा चरु, लावा, अन्न प्रासनमा भात, विहान भात, बेलुकि भात तै पनि हामी यो पर्वमा बेखर छौं ।
चाहे यमरी पुनी होस या न्वाइर्, दशै, तिहार, माघी सदा चामलका परिकार ।अस्ति भतिजाकोे स्कुलमा खेत रोप्न बच्चाहरुलाई लगेका रहेछन ।
भतिजालाई सोधे आज तिमिलाई स्कुलले कहाँ लगेको ? सोध्दा डर्टि वाटरमा खेलेको भन्यो । हामी बच्चालाई यो सब किन बुझाउदैनौर सिकाउदैनौधान दिवश सबैमा बुझाउनु पर्छ अन्नमा जिवन अडेको छ । यो हामीले कहिले बुझ्ने ।
बिहान ५ बजे सुर्योदय र ७ बजे सुर्यास्त हुदाँ दिन लामा छन श्रम गर्न समय प्रकृतिले जुराई दिएको छ । असारमा रोप्ने मुसिरमा थन्क्याउने भनिन्छ । मानिसहरु सबै गह्रा र खेतमा व्यस्त छन ।
सन २००४ अक्टोवरबाट धान दिवश मनाउन लागेको बुझिन्छ जेहोस यो राम्रो हो ढिलै भएपनि प्रयास छ । झण्डै ७५ ÷८० प्रतिसत किसान रहेका देशमा असार पन्ध्रलाई मन्त्रीज्यूबाट गमलामा धानको विउ रोपेर मनाउनु दरिद्र मानसिकताको पराकाष्टा हो यसमा मन्त्रीको सोच भन्दा पनि प्रवन्ध मिलाउने कर्मचारीको गल्ति छ जस्तो लाग्छ ।
पहिला पहिला विहे गर्न केटि माग्दा कति मुरी धान भित्र्याउछन भनेर सोध्दथ्ये । अहिले के सोध्छन होला ? काठमाडौमा घरेडी छ ? बिदेशको पिर आर छ ? हुन त मन, ढक, मुरी पाथी, मानो, शेर, धार्नी, बिसौली, तुलो, काँटा, ढक अहिलेका नानीहरुलाई के थाहा ? सबैतिर डिजिटल नै डिजिटल छ ।
अन्नले सर्राप्छ, भात फ्याक्न हुन्न भन्ने चलन थियो तर आजकल, त्यो भात सबैको हेलाको पात्र बनेकोछ । दिनभर कुर्चिमा बस्छ ट्वाइलेट बाहेक अन्त चल्दैन भँडि बढ्छ भातले दोष पाउछ ।
उ जिम जान थाल्छ । सुगरको डर मान्छ । भाते भुँडि भन्छ महगो बिषादी युक्त बेसिजनको फलफुलमा लाग्छ । अव उसलाई चिउरा, भात, चामलको रोटी, जाउलो प्रति रिस राग छ । मानौ शत्रु मान्छ ।
हामीले केटाकेटी हुँदा त भुस र ढुटो सहितको बयाँ भएको चामलको खस्रो भात खान्थ्यो । अहिले सेतो चाहिन्छ । तत्व खुर्केर, फोस्रो बनाएर खान्छौ ।भातमा भिटामिन, थियामिन, मिनरल, जिङक, फोस्फोरस, कार्बोहाइड्रेट, फाइबर, प्रोटिन पनि पाईन्छ भनिन्छ ।
तराई भुभागलाई अन्नपूर्ण भनिन्छ तसर्थ तराईको उत्पादनले धानेकोछ । केहि भारतबाट आयात हुन्छ तर आयात भएको सबै हामी खपथ गदैनौ । पुन निर्यात हुन्छ ।
कतिपय मानीस तराईमा भारतीयहरु आएर खेती लगाउने बेलामै लगानी गर्छन रे । राम्रो धान उता जान्छ उताबाट महंगो भएर आउछ भन्ने सुन्निन्छ ।
कृषि उपजको ब्रान्डीङमा हामी चुकेका छौ । धानको ब्रान्डीङ आवश्यक छ । गौरीया, जेठो बुढो, पहेले, गुर्दी, मन्सरा, झिनुवा आगाँ आदि पुरानो धानका प्रकार हुन । पोखरेलि मसिनो निकै प्रख्यात छ ।
तर विज्ञको भनाईमा तराईको पानीमा आर्सनिक देखिएकाले धानबाट नसर्ने रोगअर्थात क्यान्सर र मुटुको रोगको संम्भावना छ भन्ने विषय गुगलमा भेटिन्छ।
सन २०२० को कृषि मन्त्रालयको तत्थ्याङ्क हेर्यो भने धानको योगदान अर्थतन्त्रमा धेरै देखिन्छ । जस्तो कि कुल ग्राहस्र्थ उत्पादनमा ७ प्रतिसत र कृषिको कुल ग्राहस्र्थ उत्पादनमा योगदान २० प्रतिसत छ । २०२१ को तत्थ्याङ्क हेर्दा एक बिगाहामा झण्डै पुग नपुग एक टन धान फल्ने देखिन्छ ।
१५ सताव्दीमा मिङको शाषनकालमा बनाएको चिनको ग्रेटवालमा पनि ढुंगासंगै जोडाईमा भातले जमाएको भन्ने पढन पाइन्छ ।
हुन त पोष्टर पर्चा चुनावी अभियान सबै भातको माडले टाँसिन्थ्यो । अहिलेको डेन्डराइड फेभिकोल आए ।
लामा दिन, हरियाली, बर्षा याम, सबत्र्र मानीसहरु खेतमा हुन्थे । हलो, कुटो, कोदालो, बाउसो, अनौ, लिड्का, जुवा, हलुडो, सोइला, फालीसंग कृषि जोडिएको थियो फलानाको खेतमा यति हल, यती रोपाहार, हल खेताला, यस्तो खाजा यस्तो मेलो भन्ने कुरा हुन्थ्यो ।
हुनेले हल गोरु पाल्ने, हलि लगाउने, कम हुनेले परेली लगाउने चलन थियो । असार भरी गोरुलाई काम गाह्रो हुन्छ भनेर डाइट स्वरुप कोदो उसिनेर राखिन्थ्यो ।
हरेक दिन त्यहि कोदो र ढुटो मिसाएर खान दिइन्थ्यो । तव त उत्पादन हुन्थ्यो। बेसाउन पर्ने थिएन बेसाएर खानेलाई गाउँमा छिछि र दुरदुर थियो ।
टारी, बारी, खेत कतै बाँझो हुने थिएन। त्यति नभएर चैते धान अर्थात रवि बाली समेत हुन्थो । सबै कथा भए, रुन मन लाग्छ ।
हामी सकिएको र रित्तीएको देखेर के गर्ने युवाले यसैलाई विकास मानेका छन र आफुहरु निकास बनेका छन गाउँ रित्तीएकोछ ।
सरकारले स्कुलमा बिदा दिन्थ्यो र सर र विद्यार्थी सबै अन्न उत्पादनमा लाग्दथ्ये । सरहरु खेतमा जान्थ्ये काम गर्थे ।
साना स्कुले नानीहरु घर कुर्दथ्ये। भाइबैना हेर्दथ्ये बा आमालाई खेत रोप्न पठाउँथे । आफुले खाना बनाउथे । काममा सहयोग मिलेको थियो मोबाइल र फेसबुक थिएन सबै रेडियोमा दंग थिए ।
रेडियो पनि हुने खानेको घरमा हुन्थ्यो । गरिवले कहाँ पाउनु ।
असारै मैनामा जस्ता गित थिए असार मंसिर पर्व जस्तै थियो ।सबैले श्रम गर्दथ्ये । मानीसहरुमा सोहार्दता र आत्मियता थियो ।
पानी लगाउने, सोझ्याउने, कुलो थुन्ने भल छोप्ने भन्ने थियो बर्षे पानीको मौका छोपेर धान रोपिन्थ्यो बिउ राख्ने ब्याड हुन्थ्यो । बिउका पुला हुन्थे । मुलत महिलाले खेत रोप्थे ।
पुरुष आली लगाउने, सम्याउने, हिल्याउने, जोत्ने लेडको लगाउने गर्दथ्ये । साउन सकिएपछि हिलो छाड्ने भनिन्थ्यो गोरु नुहाउने, हरेलो गर्ने, न्वाई खाने गरिन्थ्यो । संस्कार सकियो, परम्परा सकियो उत्पादन पनि सकियो र देश सकियो ।
यि सब कुरा गरेर के फाईदा हामी पुन त्यो समाजमा फकिन्नौ । लाग्ला कसैलाई लाग्नु पनि ठिकै हो तर विगतबाट हामीले के पाठ सिक्ने अहम कुरा हो । अहिले टयाक्टरले जोत्छन । हाते ट्याक्टर पनि छन । युरिया, चिनि, गेडे मलको चलन छ गाउँमा गोरु पाल्न छाडे । सबैतिर ट्याक्टरले जोत्छन् ।
कृषि उठाउन के गर्ने यो विषय महत्वपूर्ण छ । फिलीपिन्स, इन्डोनसिया, चाइना, इन्डीया, युरोप, अमेरिकामा कृषिमा अनुदान छ । हामी कहाँ मल समेत पाईन्न किसानले उख लगाउछ । मिलवालालाईले बेच्छ तर पैसा पाउन वर्षौ कुनुपर्छ । आन्दोलन गर्नुपर्छ । गरिव, किसान र मजदुरको दुहाई दिनेहरुको सरकार छ तर बेखवर छ ।
चिन, भारत, इन्डोनसिया, भियतनाम फिलिपिन्स, बर्मा, थाइलैन्ड, जापान, नाइजेरिया र बंगलादेशका मानीसहरु भात खान्छन ।
भात खाने कारण यो पनि होला कि सस्तो छिटो पाक्ने, अनेक रेसिपि नचाहिने भएर होकी अझै भातमा दुनिया अडेकोछ । एफ ए ओ वल्र्ड फुड अर्गनाइजेसनका अनुसार विश्वमा भात कम खाने देशहरुमा सर्बिया, मोन्टेग्रो, क्रोसीया र स्विजरल्यान्ड पर्छन । गिनि, सेरा लियोन, आइबेरकिोष्ट, सेनेगल, अफ्रिकामा भात धेरै खाने देशमा पर्दछन ।
भातको उत्पादन बढाउन मलको आयात समयमा गर्ने, सिंचाई कुलो नहर बढाउने, असार महिनामा अनिवार्य बिदा दिएर धान उत्पादन बढाउने, किसान बजारको स्थानिय तहमा नगरपालिका मार्फत बिकास गराउने, पशुपालन बढाउने, चरन क्षेत्र बिकास गर्ने, चामलका अन्य परिकारलाई बढावा दिएर फाष्ट फुडलाई घटाएर नसर्ने रोगको जाखिमबाट जनतालाई जोगाउन सकिन्छ । हाम्रो समाजमा भातसंग सम्वन्धित भनाई धेरै छन जस्तै : दाल भात खान पुग्छ, माग्नेलाई तातो भात, मासु भातमा बिक्ने, भतकेउरो, भाते निद्रा, भात लागेको, भात नपचेको, भात भान्सा, आदि छन ।
मसिर महिनामा धान भित्र्याएपछि कराई अर्थात बनभोज खाने चलन छ । मसिंरमा अमलाको बोट मुनी खाना पकाएर बनभोज गरिन्छ ।
असार मंसिरको माचोमाच भनिन्छ । बाहुनले च्याउ खाएको न स्वाद पाएको भनिन्छ । असार मंसिरमा त मान्छे मरेपनि छोपेर काम निरन्तर गर्ने कहावत छ ।
एकताका मसिंरमा मानिस मरेछ । सबै धान थन्क्याउने चटारोले काममा लागेछन । लासलाई सुकुल अर्थात गुन्द्रिले छोपेछन केहि दिनपछि काम होलो भएपछि हेर्दा त्यो लाशको माथि छोपेको गुन्दीमा च्याउ पलाएछ त्यो देखेपछि बाहुनहरुले च्याउ खान छोडेछन यो भनाई समाजमा यदाकदा सुन्न पाइन्छ ।
गत आर्थिक वर्षमा नेपालले ५० अर्व बराबरको धान चामल भारतबाट आयात गरेको देखिन्छ ।नेपालमा धान उत्पादन घट्नुको मुल कारण नैयुवाहरुको बैदेशिक रोजगारी हो ।
युवालाई गाउँमा अड्याउने कार्यक्रम छैन । समाजमा तिमि किन बिदेश नगएको भनेर सोध्ने चलन छ । कि बिदेश गएन भने त मान्छै नै होईन ।
विश्वको तापमानमा १ डिग्री बढनुले प्रति हेक्टर ४१८३ किलोग्राम धानको उत्पादन घटेको प्रतिबेदनले बताएकोछ । वातावरण र उत्पादनको सम्वन्ध छ ।
भनिन्छ नि जहाँ भैसी पाइन्छ त्यहाँ धान फल्छ रे । हुन त एम.डि.एस नामक एनजिओ सञ्चालक जापानी नागरिक कोन्दोले मुस्ताङको घमीको ३५६५मिटर उचाईमा धान फलाएकाछनपोषणबिद तथा अभियन्ता डा.उप्रेतीले कर्णालीको खाद्य संकटलाई समाधान गर्न भात बाहेकका अन्य अन्न, गहँ जौ, फापर, उवालाई बैकल्पिक खाद्यान्नका रुपमा जनचेतना गराएर भात तथा धानको मागलाई कम गर्न सकिन्छ ।
तर सरकार उदासिन छ । जहाजबाट चामल ओसार्ने बानी परेकोछ । २०५४ साल तिर बझाङमा प्लानको रिसर्चमा जाँदाबझाङ्गिले “बासामा रोटा खाने“ भन्ने भनाई सुनेको थिए । साझँमा रोटि खाने चलन रहेछ ।
हामी कहाँ भातको जाड, रक्सि बनाउने चलन पनि छ यसबाट पनि भातको आयात बढेकोछ । भातलाई मात्र नहेरी चामलका अन्य परिकारलाई बुझ्न जान्न र चिन्न जरुरी छ ।
तराईमा भक्का खाने चलन छ । चौधरी थारु परिबारमा जहान ठुलो हुन्छ रे किनकी कामदार घरमै हुन्छ । ठुलो परिबार पनि कृषि उत्पादनमा लाभकारी हुन्छ आज त त्यो संभ्भव छैन ।
प्रविधि मोटर, मोबाइल भित्रिए संगै हामीमा माटो छुने माटोमा काम गर्ने बानी छुटेको छ । यो उत्पादनको लागि श्रम अनिबार्य छ ।
बामपन्थीहरु श्रम सिविरको कुरा गर्छन तर श्रम लोप भइरहेकोछ । काम गर्ने भन्दा मोजमस्तीमा युवा पुस्ता छ ।
माटो हाम्रो जिवन हो माटो मै मिल्ने हो । हामी माटोसंग रमाउनु पर्छ । बैज्ञानिक कृषि प्रणाली भन्छन । जेटिए खेतमा जान्न । माटो जाँच्न सुबिधा कम छ ।
कृषि ज्ञान केन्द्र भन्छ नाम फेरयो काम उस्तै छ । सिंचाईको बजेट बालुवामा पानी भएकोछ ।सिंचाई भएका ठाउँमा खेत छैन ।
घडेरी फलेको छ । सरकारको उर्वरा भुमिलाई प्लटिङ गर्ने निति छ किनकी प्लटिङ गर्दा बढि कमिसन, घुस र रिश्वत आउछ ।
उर्वरा खेतमा घना बस्ती बन्दैछ । कृषिमा बजेट साँघुरिएकोछ । किसानको मुलुकमा इज्जत छैन । हरित गृह छैनन । किसान भन्दा बिचौलीया सरकारको समिपमा छन् । सरकार उनिहरुकै कुरा सुन्छ ।
कृषिमा धेरै दातृ संस्था छन तर परिणाम सुन्य छ । कृषि बिभाग, मन्त्रालय, कार्यालय निर्देशनालयमा किसानको पहुच छैन नत जनतामा जागरुकता छ । सबैलाई बिदेशमा पैसाको रुखमा पैसा टिप्न जान हतार छ ।
एउटा चामलको विज्ञापनमा खाना खेर नफालौ भन्ने भिडियो सन्देश दिएकोछ । उत्पादन बढाउन सरकार उदासिन छ ।
सरकार केवल नागरिक निर्यात र सामान आयात गरी भन्सार बढाउने लक्ष्यमा छ । यो उ सरकार भन्ने छैन सबै सरकार उहि ड्याङका मुला बनका छन ।
किशानलाई गवार पाखे अनपढ जंगली निमुखो असमर्थ ठान्ने वातावण छ । मानो खाएर मुरी उव्जाउनेलाई बिचौलीयाले हेप्ने थर्काउने गर्छन किसानको न सुनुवाई छ न त मर्यादा नै । भि आई लेलिनले भने झै किसानलाई बिश्वास गर्न हुन्न किनकी उनिहरु मेरो गाउ, समाज, घर, देश, बारी भन्छन मजदुरको देश हुदैन ।
विश्वका मजदुर एक हौ भन्ने गरिन्छउनिहरु कामका लागि जहाँ पनि जान्छन। आज पनि यहि सोच बाँकी छ जस्तो छ शासकहरुमा जेहोस धान, भात हाम्रो जिवन हो ।
कसैलाई लाग्ला पाउरोटि सजिलो सोच्न पाइन्छ । हाम्रो धर्म, संस्कार, चाड, पर्व, जिवन, मृत्युसंग जोडिएको छ भात बुझौ । उत्पादन बढाउ । आयात घटाउ । खेत, गह्रा, फोटा, बारी, टारी बाँझो नराखौ ।
आकास गडगडाएर जव वर्षन्छ झर्झर, म किसान हलो बोकी निस्कन्छु बाहिर यो किसानको कबिता हो । सरकार किसान को कुरा सुन्दैन उत्पादन घटदो छ व्यापार घाटा छ ।
बिहान यदाकदा कालीमाटीमा तरकारी किन्न जान्छु किसानले तरकारी ल्याउछन बिहान ४ बजे नै उनिहरुले सडकमा बसेर बेच्नु पर्छ उनिहरलाई ठाउँ छैन किनकी उनिहरु किसान हुन बिचौलिया होइनन नगर पालिका आउछ कराउछ उठाउछ हतार हतार गर्दै सस्तोमा परिश्रम फालेर घर तिर लाग्छन ।
तरकारी उखु दुध या धान किसानलाई छ यहाँ अपमान बोलीदिने छैन कोही यहाँ किसान पलायन हुन अवस्था छ सरकार भाषण मात्र गर्छ ।सरकारले कृषिमा बजेट छुटयाउछ काम हुदैन । किसान मरिरहेछ ।
आफु पेशेवर किसान नभएपनि खेती किसानी गाउँको बसाई खेत हिलो वर्षा रोपाई खेताला भोगेर देखेर आएकाले यो बिषय प्रति लगाव छ ।
हुन त निति निमार्णमा कर्मचारी किसानका छोरा छोरी छन तर उनिहरु द्रव्यको पछाडी लागे आफुलाई बेचे गाउँ थात थलो बिर्से । सररिया बने या परिबेसमा धान दिवश कर्मकान्डी बनेकोछ यसबाट बेडा पार लाग्दैन ।
अर्काथरी कुरा बेच्ने हरु बैज्ञानिक कृषी भन्छ त्यो बैज्ञानिकले हलो जोत्ने भनेको हो या कृषीमा बिज्ञानको प्रयोग हो अलमल्ल छ ।
सुन्दा मिठो तर काम नलाग्ने कुरा हो त्यो । यहाँ कुरा सुनुवाई कसको हुन्छ जस्ले राजधानी आएर धर्ना गर्छ किशानले यो सब गर्न कहाँ भ्याउछ किसानको बोलीदिने कोही छैन ।
२०५७ सालतिर मुस्ताङ्गमा वागिर खादाँ भात को महत्व थाहा भो बिहान थुक्पा चम्पा खाने साँझ मात्र खाना खाइन्थ्यो । केटाकेटि हुदाँ आमाले भनेको अन्नले सर्राप्ने कुरा मानस पटलमा झल्झली आउथ्यो ।
प्लटिङ्ग रोक्यौ, मल बेलैमा ल्याउ, असार मंसिरमा कामबाट केहि दिन बिदा दिउ कृषिमा अनुदान बढाउ, उत्पादन बढाउ, भण्डारन क्षमता बढाउ, कृषिमा युवा आर्कषण बढाउ ।देश आत्म निर्भर बनाउ । सानो तिन करोड मान्छेको देश बन्न धेरै समय लाग्दैन मात्र सोचको र इच्छाशक्तिको कमि छ ।


