आइतबार, कार्तिक १६ गते २०८३
images
images

वेलायतीमा कोभिड खोप लगाएका महिलामा देखियो यस्तो समस्या

एक्सप्रेस पाना
भाद्र ३१, २०७८ बिहीबार
  • 357
    SHARES
  • वेलायतीमा कोभिड खोप लगाएका महिलामा देखियो यस्तो समस्या

    भदौ ३१ एजेन्सी । वेलायतमा कोभिडबिरुद्ध खोप लगाएका महिलामा मासिक धर्ममा समस्या देखिएको छ । हालै गरिएको एक सर्वेक्षणमा तीस हजार भन्दाबढी महिलाले खोप लगाएपछि आफ्नो पिरियड रोकिएको बताएका छन् । 

    images

    उनीहरुले महिनावारी अनियमितदेखि अस्वभाविक पीडा हुने गरेको गुनासो गरेका छन् । गुनासो गर्ने महिलाले फाइजर, अस्ट्राजेनेका र मोडेर्ना खोप लगाएका थिए । खोप लगाएका महिलाको उर्वरतासम्बन्धी समस्या भने नदेखिएको लन्डनस्थित इम्पेरियल कलेजकी डा। भिक्टोरिया मेलले बताइन् । ब्रिटीश मेडिकल जर्नलमा एउटा लेख लेख्दै यसबारे थप अनुसन्धान आवश्यक भएकोे उनले बताइन् । 

    महिनावारीको समयमा खोपप्रति शरिरको प्रतिरोध क्षमतामा परिवर्तन आउँदा महिलामा यस्तो समस्या देखिएको डा। मेल बताउछिन् । औषधी तथा स्वास्थ्य उपचार उत्पादन नियामक निकाय एमएचआरएले कोभिड खोप र महिनावारीबीचको सम्बन्धबारे थप अध्ययन आवश्यक भएको जनाएको छ । 
     

    images