मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय

एक्सप्रेस पाना
आषाढ २७, २०८० बुधबार
  • 297
    SHARES
  • सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको राजकीय सम्मानसाथ अन्त्येष्टि गरिने भएको छ ।

    images

    बुधबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सीताको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय भएको सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन् ।

    मन्त्री शर्माले जारी गरेको शोक वक्तव्यमा भनिएको छ- 'दिवंगत सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरूप नेपाली सेनाको २ सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकुटीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको छ ।’ 

    images

    उपचारका क्रममा सीताको आज बिहान ८ बजेर ३३ मिनेटमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो । उनको आजै २ बजे पशुपति आर्यघाटमा अन्तेष्टि गर्दै छ ।