काठमाडौं। एनआइसी एसिया बैंक २६औ वर्ष प्रवेश गरेको छ।
सबै सरोकारवालाको पहिलो रोजाइको बैंक बन्ने संकल्पसाथ सुरु भएको यात्राको फलस्वरूप देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्न सफल भएको बैंकले जनाएको छ।
यात्रामा स्नेह एवं भरोसा दर्शाइ सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिने समस्त ग्राहक, नियमनकारी निकाय, कर्मचारीलगायत सम्पूर्ण सरोकारवालाप्रति बैंकले आभार व्यक्त गरेको छ।
आगामी दिनमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभवसहितको बैंकिङ सेवा एवं सुविधा प्रदान गर्दै थप नयाँ उचाइ र आयामसहित ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्ने बैंकको अठोट छ।


