मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बिपीको साहित्यलाई गाउँगाउँसम्म पु¥याउनुपर्छ- अर्थमन्त्री डा महत

एक्सप्रेस पाना
श्रावण ६, २०८० शनिबार
  • 258
    SHARES
  • बिपीको साहित्यलाई गाउँगाउँसम्म पु¥याउनुपर्छ- अर्थमन्त्री डा महत

    काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले जननायक विश्वेश्वरप्रसाद कोइरालाको साहित्यलाई गाउँगाउँसम्म पु¥याउनुपर्ने बताएका छन् । 

    images

    बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले पार्टीले बिपी कोइरालाको साहित्य क्षेत्रलाई छपाएर गाउँगाउँसम्म पु¥याउनुपर्ने उल्लेख गरे । 

    “थोरै साक्षरतादर भएको समयमा बिपी कोइरालाले साहित्य सिर्जना गर्नुभएको थियो, त्यसलाई छपाएर गाउँगाउँमा लैजान सके युवा पुस्ताले बिपीको साहित्यबाट  प्रेरणा लिन सक्थे”, उनले भने । 

    images

    अर्थमन्त्री डा महतले पार्टीभित्र एक अर्काप्रति गालीगलौजको संस्कार विकशित भएको उल्लेख गर्दै उक्त संस्कारले पार्टी अगाडि बढ्न नसक्ने धारणा राखे । 

    पार्टी प्रवक्ता डा महतले कांग्रेसले गरेका राम्रा कामलाई आमजनतासम्म पु¥याउन नसकेको बताए । 

     “प्रजातान्त्रिक समाजवादको लक्ष्य लिएर अगाडि बढ्नुभएका बिपी लोेकतान्त्रिक मूल्यमान्यताका आधारमा समतामूलक समाज निर्माण हुने कल्पनाका साथ अगाडि बढ्नुभएको थियो”, उनले भने । 

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बिपी कोइराला प्रधानमन्त्री भएर १७ महिनामा गरेका काम आजसम्म कुनै पनि सरकारले गर्न नसकेको बताए । 

    “आर्थिक दृष्टिकोणविना राजनीति अगाडि बढ्न सक्दैन भन्ने बिपीको विचार थियो, बिपी कोइरालाको सरकारलाई अपदस्थ नगरेको भए नेपालको धेरै आर्थिक उन्नति गथ्र्यो”, उनले भने । 

    बिपी प्रधानमन्त्री भएका बेलामा छ हजार विद्यालय र विश्वविद्यालय स्थापना गर्ने लक्ष्य लिनुभएको नेता पौडेलको भनाइ थियो ।

    कांग्रेसले बनाउने नीति, योजना र कार्यक्रमलाई बिपी कोइरालासँग जोड्न सके मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली उनले बताए ।

    बिपी आफ्नो लक्ष्यमा प्रष्ट भएको उनको भनाइ थियो । अठतीस  राजद्रोहको मुद्दा हुँदाहुँदै नेपाल फर्कनुभएका बिपी कोइराला देशको सच्चा नेता भएको नेता पौडेलले बताए । 

    नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ का क्षेत्रीय सभापति श्याम खड्का र टोखा नगरपालिका वडा नं ६ की अध्यक्ष शान्ता खनाल पौडेलले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका प्रवद्र्धक बिपी राष्ट्रवादी राजनेता भएको बताए ।

    बिपी कोइरालाको ४१ औँ स्मृति दिवसका अवसर पारेर आजै वृक्षरोपणसमेत गरिएको छ ।