मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई

एक्सप्रेस पाना
श्रावण ६, २०८० शनिबार
  • 199
    SHARES
  • कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको कार्यभार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोकेका छन् ।

    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटालीको रोममा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा खड्काले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड यही साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।

    images