काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको छ । गत मंगलबार देखी सुरू भएको बैठक आज पनि जारी रहने छ ।
शनिवारका लागि स्थगित गरिएको उक्त बैठक आज बिहान ११ बजे देखी सुरु हुनेछ । बैठक सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ ।
कांग्रेस केन्द्रीय समितिको बैठकमा अहिलेसम्म १४६ केन्द्रीय सदस्यले आफ्नो धारणा राखिसकेका छन् भने आज बाँकी केन्द्रीय सदस्यहरुले आ आफनो धारणा राख्ने छन् ।
.jpg)


