आइतबार, कार्तिक १६ गते २०८३
images
images

कोभिड खोप नलगाउने ३ हजार स्वास्थ्यकर्मी निलम्बनमा

एक्सप्रेस पाना
आश्विन १, २०७८ शुक्रबार
  • 498
    SHARES
  • कोभिड खोप नलगाउने ३ हजार स्वास्थ्यकर्मी निलम्बनमा

    एजेन्सी । कोभिड खोप नलगाएको भन्दै फ्रान्स सरकारले ३ हजार स्वास्थ्यकर्मी निलम्बन गरेको छ । सरकारले हालै ल्याएको नयाँ नियमअन्तर्गत उनीहरू निलम्बनमा परेका हुन् । सरकारले स्वास्थ्य, केयर होम र अग्नी सेवाका २७ लाख कर्मचारीलाई अनिवार्य खोप लगाउन निर्देशन दिएको छ ।

    images

    नयाँ नियम सबै चिकित्सक, नर्स, कार्यलयका कर्मचारी र स्वयंमसेवकमा लागू हुनेछ । सरकारको पछिल्लो निर्णयले स्वास्थ्य सेवामा नै असर पर्न सक्ने विज्ञहरुको भनाई छ ।

    तर, स्वास्थ्यकर्मीमाथिको निलम्बन अस्थायी भएको फ्रान्सका स्वास्थ्य मन्त्री ओलिभर भेरानले बताएका छन् । ‘अधिकांशले खोप लगाउन इच्छुक छन्,’ उनले भने ।

    images

    यसअघि राष्ट्रपति इम्यानुअल म्याक्रोले स्वास्थ्यकर्मीलाई १५ सेप्टेम्बरसम्म कम्तिमा एउटा खोप लगाउन वा राजीनामा दिन निर्देशन दिएका थिए । राष्ट्रपतिको घोषणापछि धेरैले खोप लगाए पनि अझै केही बाँकी थिए ।