बुधबार, भाद्र २४ गते २०८३
images

टेलिकमले १ लाख १० हजार रुपैयाँमा १ जीबीपीएसम्म उच्च गति भएको इन्टरनेट बेच्न थाल्यो

एक्सप्रेस पाना
श्रावण २६, २०८० शुक्रबार
  • 399
    SHARES
  • टेलिकमले १ लाख १० हजार रुपैयाँमा १ जीबीपीएसम्म उच्च गति भएको इन्टरनेट बेच्न थाल्यो

    काठमाडौँ । नेपाल टेलिकमले १ जीबीपीएस (१००० एमबीपीएस) सम्म उच्च गति भएको एफटीटीएच इन्टरनेट सेवा प्रारम्भ गरेको छ । यसअघि कम्पनीले १०० एमबीपीएससम्म उच्च गति भएको एफटीटीएच सेवा उपलब्ध गराइरहेकोमा अब एकै पटक यति धेरै क्षमता भएको इन्टरनेट सेवा उपलब्ध गराएको जनाएको छ । 

    images

    हाल कम्पनीले जीपोन प्रविधिमार्फत उपलब्ध गराइरहेको एनटी फाइबर इन्टरनेट मध्ये सवैभन्दा उच्च गति १०० एमबीपीएस रहेकोमा अब एक्सजीपोन प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएको हो । सो सेवा ५०० एमबीपीएस र १ जीबीपीएस गरी दुई वटा प्याकेजमा उपलब्ध हुने टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसको डाउनस्ट्रिम क्षमता १० जीबीपीएस र अपस्ट्रिम क्षमता २.५ जीबीपीएस हुनेछ ।

    प्रिमियम एफटीटीएच ५०० एमबीपीएस अन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ३५० मिनेट कल गर्न सकिनेछ । यो प्याकमा ०.५ टीबी डाटा प्रतिदिन प्रयोग गर्न सकिने जनाइएको छ । 

    images

    प्रिमियम एफटीटीएच १ जीबीपीएस अन्तर्गत टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ५ सय मिनेट कल गर्न सकिनेछ । यो प्याकमा १ टीबी डाटा प्रतिदिन प्रयोग गर्न सकिने प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । 

    दुवै प्याकेजमा एउटा आईपीटीभी, सीपीई र सेटटप बक्स तथा ३०० मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध हुने उनको भनाइ छ । 

    ५०० एमबीपीएसको ‘प्रिमियम एफटीटीएच ५०० एमबीपीएस’ प्याकेज वार्षिक ८० हजार रुपैयाँ र १ जीबीपीएसको ‘प्रिमियम एफटीटीएच १ जीबीपीएस’ प्याकेज वार्षिक १ लाख १० हजार रुपैयाँमा उपलब्ध हुने उनको भनाइ छ । 

    यो सेवा वा अन्य एफटीटीएच सेवा प्राप्त गर्न चाहने सेवाग्राहीहरुले १९८-१ /१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी) मा डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा जडान तथा मर्मतका लागि दर्ता गर्न सक्नेछन् ।

    हालका लागि काठमाडौँ उपत्यकामा यो सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ । व्यावसायिक संस्थाहरु यो सेवा प्रयोगबाट लाभान्वित हुने नेपाल टेलिकमले अपेक्षा गरेको छ ।

  • सम्बन्धित विषय:

  • # NTC