मंगलबार, कार्तिक १८ गते २०८३
images
images

नौं संसदीय समितिको सभापति निर्बिरोध निर्वाचित

एक्सप्रेस पाना
भाद्र १०, २०८० आइतबार
  • 286
    SHARES
  • नौं संसदीय समितिको सभापति निर्बिरोध निर्वाचित

    काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतका ९ संसदीय समितिको सभापति निर्बिरोध निर्वाचित भएका छन्। 

    images

    आइतबार भएको उम्मेदवारी दर्तामा ९ समितिको सभापतिमा एक एक जनाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्बिरोध निर्वाचित भएका हुन्।

    त्यस्तै एक उद्योग समितिमा सत्ता गठबन्धनबाट जनमतका अब्दुल खान र रास्वपाका गणेश पराजुली उम्मेदवार बनेपछि यस समितिको निर्वाचन सोमबार हुने भएको छ।  

    images

    निर्बिरोध निर्वाचित हुनेमा कांग्रेसबाट अर्थ समितिमा सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा आरजु राणा देउवा रहेका छन्।

    त्यस्तै नेकपा एमालेबाट सार्वजनिक लेखा समितिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिमा किरणकुमार साह निर्बिरोध निर्वाचित भएका छन्।

    त्यसैगरी जनता समाजवादी पार्टीबाट राजकिशोर साह अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा, एकीकृत समाजवादीबाट भानुभक्त जोशी शिक्षा तथा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा निबिरोध निर्वाचित भएका छन्।

    त्यस्तै नेकपा माओवादी केन्द्रबाट विमला सुवेदी कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भागबण्डाबाट दीपक सिंह पूर्वाधार विकास समितिको सभापतिमा निर्बिरोध निर्वाचित भएका छन्।