बुधबार, भाद्र २४ गते २०८३
images

सन्दीप एसिया कप खेल्न पाकिस्तान प्रस्थान

एक्सप्रेस पाना
भाद्र ११, २०८० सोमबार
  • 402
    SHARES
  • सन्दीप एसिया कप खेल्न पाकिस्तान प्रस्थान

    काठमाडौं । पूर्व कप्तान सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्न पाकिस्तानतर्फ गएका छन्। 

    images

    आइतबार सन्दीपविरुद्धको मुद्धाको अर्को पेसी भदौ २१ गते तोकिएसँगै सन्दीप सोमबार बिहान पाकिस्तान प्रस्थान गरेका हुन्।

    सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषदका टंकलाल घिसिङले विदाई गरेका थिए।

    images

    सन्दीपले पाकिस्तान जानु अघि टिमले अहिले राम्रो प्रदर्शन गरिरहेको र पाकिस्तानमा टिमले अभ्यास खेलमा राम्रो खेलेको बताउदै एसिया कपमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्।   

    एसिया कपमा नेपालले उद्घाटन खेलमा बुधबार भदौ १३ गते पाकिस्तानविरुद्ध खेल्दै छ। त्यस्तै दोस्रो खेल भारतविरुद्ध भदौं १८ गते श्रीलंकामा हुने तालिका रहेको छ । 

    अब सन्दीप अर्को पेसीमा उपस्थित हुनुआगाडी नै एसिया कपका पाकिस्तान र भारतविरुद्धका दुवै खेल खेल्न पाउने भएका छन्।
     

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # सन्दीप लामिछाने