काठमाडौं । सत्तारुढ नेकपा(एकिकृत समाजवादी) निकट युवा संघ नेपालले एमसीसी विरुद्ध वक्तव्य निकालेको छ। संघका अध्यक्ष कृष्ण बिकले विज्ञप्ति निकाल्दै एमसीसीको बिरोध गरेका हुन्।
उनले एमसीसी आफैंमा एउटा असमान सम्झौता भएको पनि दावी गरेका छन्। संसदबाट पास गरिएको व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गरे नगरेकोबारे नेपाल सरकारले स्पष्ट पार्नुपर्ने माग पनि युवा संघले गरेको छ।
अमेरिकाले व्याख्यात्मक घोषणा स्वीकार नगर्ने हो भने ३० दिने सूचना निकालेर नेपाल सरकारले नै एमसीसी सम्झौता खारेज गर्नुपर्ने अन्यथा आन्दोलन गर्ने युवा संघको विज्ञप्तिमा उल्लेख छ।

.jpg)


