मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आजदेखि माओवादीको विशेष रुपान्तरण अभियान सुरु

एक्सप्रेस पाना
भाद्र १६, २०८० शनिबार
  • 259
    SHARES
  • आजदेखि माओवादीको विशेष रुपान्तरण अभियान सुरु

    काठमाडौं । नेकपा माओवादी केन्द्रको तीन महिने अभियान आजबाट सुरु हुदैँछ। 

    images

    प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’’ को भर्चुअल माध्यमबाट देशका सबै वडाहरूमा एकसाथ उद्घाटन गर्नेछन्।

    माओवादी केन्द्रिय कार्यालयका अनुसार अध्यक्ष प्रचण्डले बिहान ९ बजे भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पार्टी मुख्यालय पेरिसडाँ‍डावाट अध्यक्ष दाहालले सो सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    images

    सो अघि अध्यक्ष दाहालले चन्द्रागिरी नगरपालिका–२ घट्टेडाँडा पार्कवाट अभियानको उदघाटन सम्बोधन गर्ने कार्यक्रम तय गरिएको केन्द्रिय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिएका थिए।  

    उनका अनुसार अध्यक्ष दाहालको उक्त सम्बोधन फेसबुक, युट्युव लगायतका बिभिन्न भर्चुअल माध्यमबाट सुन्न र हेर्न सकिने ब्यवस्था मिलाईएको छ।