बुधबार, भाद्र २४ गते २०८३
images

लिगको डेब्यु खेलमै सावित्राको ४ गोल

एक्सप्रेस पाना
भाद्र १६, २०८० शनिबार
  • 309
    SHARES
  • लिगको डेब्यु खेलमै सावित्राको ४ गोल

    नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीले युरोपेली लिगको पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेकी छन्। 

    images

    हापोएल रानानाबाट इजरायलको शीर्ष लिगमा डेब्यु गरेकी सावित्राले शुक्रबार राति रमाट हाशोरोनविरुद्ध ४ गोल गरेकी हुन्। 

    उक्त खेलमा रानानाले हाशोरोनलाई ४–० ले पराजित गर्‍यो।

    images

    यससँगै सावित्रा युरोपेली लिग खेल्ने पहिलो नेपाली फुटबल खेलाडी बनेकी छन्। 

    एक महिनाअघि रानानामा अनुबन्ध भएकी सावित्राले यसअघि रानानाबाट अथिना कप खेलेकी थिइन्। 

    एशिया महादेशमा पर्ने भए पनि रानानाले युरोपियन फुटबल महासंघ यूईएफएमा आबद्ध भएर क्लब फुटबल खेल्दै आएको छ।

  • सम्बन्धित विषय:

  • # फुटबल