मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मेयर बालेनले किन दिए सिंहदरबारमा आगो लगाउने धम्की ?

एक्सप्रेस पाना
भाद्र १७, २०८० आइतबार
  • 307
    SHARES
  • मेयर बालेनले किन दिए सिंहदरबारमा आगो लगाउने धम्की ?

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक संजालमा सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएको विषय चर्चामा रहेको छ।

    images

    शनिबार राति करिब १० बजे मेयर बालेनले फेसबुकमा लेखेका छन- 'आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहरदरबार आगो लगाइदिन्छु। याद राख चोर सरकार।’

    बालेन आक्रोसित हुनुको कारण उनकी श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको कारण खुल्न आएको छ।

    images

    बिदाको दिन सरकारी गाडी तीब्रगतिमा चलाएपछि कोटेश्वर ट्राफिक प्रहरी वृतको टोलीले रोकेको थियो। 

    शनिबार राति नौ बजेतिर बालकुमारीबाट तीनकुनेतर्फ आउँदै गरेको सेतो नम्बर प्लेटको गाडीलाई कोटेश्वर ट्राफिक प्रहरीले रोकेको र बिदाको दिन सरकारी गाडी चलाउने अनुमति मागिएको थियो।

    गाडी मेयर बालेनको भएको बताएपछि २-३ मिनेटपछि छोडिएको बुझिएको छ। ट्राफिक प्रहरीले भने नियमित चेकिङकै क्रममा रोकिएको बताएको छ।

    यो घटनापछि बालेनले यसको आर्कोश सामाजिक सञ्जालमा पोखेको देखिएको छ।