मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मेयर हर्क साम्पाङको विरोध गर्ने युवा प्रहरी हिरासतमा !

एक्सप्रेस पाना
भाद्र २३, २०८० शनिबार
  • 268
    SHARES
  • मेयर हर्क साम्पाङको विरोध गर्ने युवा प्रहरी हिरासतमा !

    धरान । धरान उपमहानगरका मेयर हर्क साम्पाङलाई प्रश्न गर्ने एक युवक हिरासतमा पुगेका छन्।

    images

    शुक्रबार साँझ धरान-१५ का अशोक लिम्बूले मेयर साम्पाङलाई प्रश्न गरेपछि उनी अहिले प्रहरीको हिरासतमा रहेका छन्। मेयर साम्पाङकै निर्देशनमा लिम्बुलाई नगर प्रहरीले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको हो र उनी शुक्रबार साँझदेखि प्रहरी हिरासतमा रहेका छन्।   

    शुक्रबार मेयर साम्पाङले लागु औषधविरुद्ध सचेतना अभियान सञ्चालन गरिरहेको बेला लिम्बूले डेंगु नियन्त्रणमा नआएको भन्दै प्रश्न गरेका थिए।

    images

    सामाजिक संजालमा सार्बजनिक भएको भिडियोमा लिम्बूले सोधेका छन्- हर्क दाई धरानमा मान्छे डेंगीले बिरामी छन् तर तपाईं चाहिँ फोटो खिचाउँदै हिँड्ने ?'

    लिम्वूको प्रश्नको जवाफमा मेयर साम्पाङले ‘तिमी विरोध गर्न आएको ?’ भन्दै रिसाएका थिए । प्रहरीले भने मेयरको मौखिक उजुरीका आधारमा थुनामा राखेको बताएको छ।