मंगलबार, कार्तिक १८ गते २०८३
images
images

युवा संघ नेपाल दोलखाको उपाध्यक्षमा युवा नेता सुजन श्रेष्ठ सर्वसम्मत चयन

एक्सप्रेस पाना
भाद्र २३, २०८० शनिबार
  • 550
    SHARES
  • युवा संघ नेपाल दोलखाको उपाध्यक्षमा युवा नेता सुजन श्रेष्ठ सर्वसम्मत चयन

    नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल दोलखाको उपाध्यक्षमा सुजन श्रेष्ठ चयन भएका छन्।

    images

    शुक्रबार चरिकोटमा सम्पन्न नवौ जिल्ला सम्मेलनबाट सर्वसम्मत उपाध्यक्ष पदमा श्रेष्ठ चयन हुनुभएको हो।

    एक दशक अघि बाट औपचारिक रुपमा आफ्नो राजनैतिक यात्रा सुरु गरेका श्रेष्ठसंग वडा कमिटी सदस्य हुँदै नगर कमिटीमा समेत बसेर काम गरेको राम्रो अनुभव रहेको छ। 

    images

    No description available.

    वर्तमान परिप्रेक्ष्यमा दोलखा भित्र रहेका स्थानीयतहरुले गरिरहेको अवैध गतिविधि र विकासका निर्माणका कार्यमा भैरहेका चरम बेतिथीका बारेमा समेत युवा संघ दोलखाले विशेष खबरदारी गरिने श्रेष्ठले बताए।  

    आफू कुराले भन्दा पनि कर्ममा बढि विश्वास राख्ने भएको र संगठन भित्र युवा पुस्ताको आवश्यकता रहेकोले आफ्नो कार्यकालमा युवा पुस्तालाई सक्रिय रुपमा चलाएमान बनाएर अघि बढाउनेमा आफ्नो विशेष भुमिका रहने उनले बताए।

    No description available.

    उहाँ युवा नेता मात्र नभई सफल व्यवसायीले पनि परिचीत हुनुहुन्छ।