सोमबार, कार्तिक १७ गते २०८३
images
images

बढ्याे सेयर बजार

एक्सप्रेस पाना
भाद्र २४, २०८० आइतबार
  • 309
    SHARES
  • बढ्याे सेयर बजार

    काठमाडौ । निरन्तर घटेको सेयर बजारमा आइतबार सामान्य सुधार देखिएको छ। यस दिन नेप्से सूचक १०.२३ विन्दुले बढेर १९४२.६८ अंकमा आएको छ।

    images

    ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा १ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ।

    मौद्रिक नीतिपछि बजार लगभग एकोहोरो ढंगले घट्यो। नीतिगत अवरोध र चर्को ब्याजदरका कारण बजार प्रभावित भएको अनुमान गरिएको छ।

    images

    भदौंका लागि बैंकहरुले ब्याजदर बढाएकाले पनि बजार थप प्रभावित भएको हो। 

    यद्यापि, अब असोजमा भने ब्याजदर केही घट्न सक्ने अनुमान गरिएको छ। किनभने अर्थ मन्त्रालयले स्थानीय तहको सञ्चित कोषमा रहेको रकममध्येबाट ६० प्रतिशत रकम निक्षेपका रुपमा गणना गर्न पाउने सुविधा दिएको छ।

    यस प्रावधानबाट झन्डै ६० अर्ब रुपैयाँ निक्षेप थपिने देखिएको छ। यसले ब्याजदर घटाउने सहयोग पुग्ने भएको हो। 

    ८ करोड ५६ लाख रुपैयाँसहित कारोबार रकममा हिमाल दोलखा हाइड्रोपावर अग्रस्थानमा आएको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः माछापुच्छे बैंक र शिवम् सिमेन्ट्स परेका छन्।

    २७६ कम्पनीको ४३ लाख १४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ।